प्रमुख तीन राजनीतिक दलहरुका नेताहरु राजनीतिक गतिरोध अन्त्य गर्न वार्तामा जुटेका छन् । शुक्रबार भएको वार्तामा राजनीतिक सहमतिमा निर्वाचनमा जाने सहमति भएको छ । स्रोतका अनुसार अगामी चैत्रसम्ममा निर्वाचनमा जान दलबीचमा सहमति कायम गर्न खोजिएको बताइएको छ । त्यस्तै संविधानका विवादित विषयमा पनि सहमतिका लागि आगामी बार्ता गरिने नेपाली काङग्रेसका नेता रामचन्द्र पौड्यालले बताए । निर्वाचन अगाडि सहमतिका आधारमा सरकारको गठन गर्ने विषयमा समेत सहमति कायम भएको छ । एमाले नेता झलनाथ खनालको निवासमा भएको वार्तामा प्रमुख तीन राजनीतिक दल माओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुको सहभागिता थियो । बार्तामा संविधानका विवादित विषयमा पनि छलफल भएका ती विषयमा छिट्टै सहमति कायम गरिने माओवादी अध्यक्ष पुष्षकमल दाहालले बताएका छन् ।
(राज्यसत्ता नेपाल व्युरो )
