बुद्धको तस्वीर अंकित जुत्ता उत्पादन बन्द गर्न बौद्ध विश्वविद्यालयको माग

Read Time:1 Minute, 24 Second

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको बौद्ध विश्वविद्यालयले एक अमेरिकी जुत्ता उत्पादक कम्पनीलाई  भगवान् बुद्धको तस्वीर अंकित सहितको जुत्ता उत्पादन गर्ने काम बन्द गर्न आग्रह गरेको छ । विश्व विद्यालयका विभागीय प्रमुख मनिन्द्र शाक्यले बुद्धको तस्वीर पैतालामा लगाउँने जुत्तामा राख्ने काम भगवान् बुद्ध र बुद्ध धर्मालम्वीको अममान गरेको भन्दै उक्त कम्पनीलाई त्यसो नगर्न परिपत्र गरिएको बताए । अमेरिकाको क्यालिफोनीयाँमा रहेको उक्त कम्पनीले बुद्धको तस्वीर  अंकित जुत्ताको उत्पादन गदै आएको छ । कम्पनीले बुद्धको तस्वीर अंकित जुत्ता आफ्नो वेभसाइटमा समेत राखेको थियो । केही समय अगाडि तिब्वती र बौद्ध समुदायका मानिसहरुले समेत उक्त कम्पनीले आफ्ना सामान विक्री तथा प्रर्वद्धन गर्दा भगवान बुद्ध र बौद्धमागी माथि अपमान गरेको भन्दै त्यसो नगर्न माग गरेका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %