दुई हप्ता भित्रै राजनीतिक गतिरोध हटाउन शीर्ष तीन नेता बीच सहमति

Read Time:3 Minute, 50 Second

आरोप प्रत्यारोपमा समय खर्चिरहेका राजनीतिक दलहरु राजनीतिक गतिरोध समाधानका लागि तातिन थालेका छन् । संविधानसभाको विघटन पछि विरलै हुने शीर्ष नेताहरुबीच वार्ता र संम्वाद अहिले बाक्लै हुन थालेका छन् । माओवादी नेतृत्वको सरकारको बर्हिगमनको विषयले नै प्रमुखता पाएको मुलुकको राजनीति अहिले राजनीतिक गतिरोध कसरी सल्टाउँने विषयमा केन्द्रित बनेको छ ।  राजनीतिक गतिरोध सल्टाउँदै संविधान निर्माणको बाटोमा कसरी पुग्ने भन्ने विषयमा बुधवार माओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरु बीच वार्ता भएको छ । राजधानीमा भएको बैठकमा गतिरा
ध समाधानको जिम्मा तीन शीर्ष नेताहरुलाई दिइएको छ । संविधानसभाको पुनःस्थापना वा निर्वाचनबाट राजनीतिक गतिरोध सल्टाउँने विषयमा शीर्ष नेताहरुको सहमतिबाट छिनोफानो हुने बैठकमा सहभागि काङग्रेस नेता रामचन्द्र पौड्यालले बताएका छन्  । संविधान नबन्नुमा एक अर्काे माथि दोष थुपादैमा तीन महिना समय खेर फालेका दलहरु अब एक अर्का माथि आरोप पत्यारोप नगर्ने विषयमा समेत सहमति गरेका छ । वार्ता सकारात्मक रुपमा अगाडि बढेको र त्यस्ता बार्ता तीन चरणमा सम्पन्न गरे पछि राजनीतिक गतिरोध समाधानका लागि सहमतिमा पुगिने माओवादीका नेता अग्नी सापकोटाले बताए । कांग्रेस र एमालले भने सहमतिको सरकार निर्माण पछि मात्रै संविधानको निर्वाचन वा पुनःस्थापना गर्न सकिने आफ्ना
पुरानै अडान दोहो¥याइरहेका छन् । बुधवारको बैठकले नै संविधान र राजनीतिक गतिरोधका विवादित विषयको छिनोफानो  गर्ने जिम्मा प्रमुख तीन दलका शीर्ष नेताहरुलाई सुम्पिएको छ । राजनीतिक दलहरुले सहमतिका लागि सकारात्मक पहल गरे पनि निराशाको कालो बादल मडारिरहेको राजनीतिमा आशा भर्न भने सकेका छैनन् । राजनीतिलाई गति दिन बैठक र वार्तामा सहमति नजिक पुग्ने पछि स– साना विवादबाट बाहिर आउँन नसक्ने प्रवृतिका कारण आमजनताले अहिले नै राजनीतिक गतिरोध सहजै दलहरुले सल्टाउँलान् भनेर विश्वास गरिहाल्ने स्थिति छैन । यद्यपि राजनीतिक दलहरुले करीब दुई हप्ता भित्रै महत्वपूर्ण निकास निकाल्ने बताएका छन् पहिले संविधानको विवादित विषय टुग्याउँने अनि सहमतिको सरकार गठन गरि सहमतिमै संविधानसभाको पुनः स्थापना वा निर्वाचनमा गर्ने भन्ने विषयमा दलहरु बीच सहमति खोजिने स्रोतले बतायो । राष्ट्रपति डा. रामबरण यादबले राजनीतिक सहमति गर्न दलहरुलाई सुझाइरहेको र सेना समायोजन विशेष समितिले समायोजनको विवादको कसिलो गाँठो खोलिसकेकाले धमिलिएको राजनीति एकाएक सङलो बन्ने संकेत भने देखिएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %