राष्ट्रपतिद्धारा दुई वटा अध्यादेश अस्वीकृत गरेको दुई हप्ता वित्न नपाउँदै सरकारले फेरि चार वटा अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्री परिषद्को बैठकले अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । शिक्षा सम्बन्धी आठौ संशोधन विधेयक २०६९, निजामती सम्वन्धी तेस्रो, स्वास्थ्य सम्वन्धी चौथो र वेपत्ता नागरिक छानविन सम्वन्धी विधेयक स्वीकृतिका लागि राष्ट्रपति समक्ष पठाउँने निर्णय सरकारले गरेको हो । निर्वाचन सम्वन्धी अध्यादेश असान्र्दभिक भएको ठहर गदै राष्ट्रपतिद्धारा अस्वीकृत गरे पनि अहिलेका अध्यादेश भने स्वीकृत हुने संभावना छ । अध्यादेशबाटै शासन सत्ता लम्ब्याउँन खोजेको भन्दै प्रतिपक्ष दलहरु भने सरकार प्रति रुष्ट बनेका छन् ।
