सेना समायोजन विशेष समितिद्धारा सेना समायोजनको कार्य १० दिन पछि सुरु गर्ने भएको छ । उमेर शिक्षा तथा प्राविधिक विषयमा विवाद उत्पन्न भए पछि लडाकू छनौट प्रकृया तीन महिना देखि गति पाएको थिएन । सरकारले विशेष समितिको समय अवधि तीन महिना थप गरे पछि सेना समायोजन समितिले काम सुरु गरेको हो l विशेष समितिको सोमबार बसेको बैठकले नागरिकतालाई आधार बनाएर छनौट प्रकृयामा जाने गरि उमेरको विवाद टुंग्याएको छ । साथै सैनिक ऐन अनुरुप तीन बर्षको समय लचकता अपनाउँने समेत निर्णय भएको छ । सता पक्ष र प्रतिपक्ष दलहरु बीच सत्ताको विषयमा जुहारी चलिरहे पनि सेना समायोजनको विषयमा भने एकै टेवलमा बसेर सहमतिमा आएकाले सेना समायोजन कार्य टुंगिने संकेत देखिएको छ । साथै सेना समायोजनको काम संगै हतियार व्यवस्थापनको काम पनि संगै अगाडि बढ्ने भएको छ । सेना समायोजन समयमै नहुदा शिविरमा रहेका लडाकूमा बेचैनी बढेको थियो ।
