गोविन्द घर्ति रुपन्देही, तराईमा हिसांत्मक गतिविधि संचालन गर्दै आएको संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाले सरकारलाई हतियार बुझाउने भएको छ । रुपन्देहीको लुम्विनीमा आज सरकार र मोर्चा वीच भएको वार्तामा पाच बुदे सहमति अनुसार मोर्चाले यथासिध्र आफूसंग भएको हतियार सरकारलाई बुझाउने भएको हो । वार्तामा मोर्चाका वार्ता टोली सदस्यहरुलाई सरकारले सुरक्षा दिने, थुनामा रहेका मोर्चाका कार्यकर्ताहरुको विवरण संकलन गरी मन्त्रालयमा पेश गर्ने र यस अघि भएका सहमति कार्यान्वयन गर्न दुवै पक्ष प्तिवद्ध रहने सहमति भएको छ । सरकारको तर्फबाट शान्तिमन्त्री टोप बहादुर रायमाझी र मोर्चाको तर्फबाट पवन गिरी रहेका थिए ।
संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाले सरकारलाई हतियार बुझाउने
Read Time:1 Minute, 6 Second
