कर्मचारी युनियनद्धारा कर्मचारीमाथि नै गुण्डागर्दी

Read Time:2 Minute, 23 Second

भदौं १० काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले आज श्रम बिभागको कार्यालय मिनभवनमा कार्यरत बिभिन्न कर्मचारीहरुमाथि हातपात गर्नुका साथै कार्यालय तोडफोड समेत गरेका छन । कर्मचारी युनियनका जिम्मेवार पदाधिकारी हौं भन्ने पदाधिकारीहरु सचिवघय गोपाल पोख्रेल, जित बहादुर मडै, उपाध्यक्षद्धय रुद्र खनाल सिहतको एक जत्थाले विभागका कर्मचारी ना.सु. विनोद अधिकारी, शाखा अधिकृत भवानी थपलिया, खरिदार होमकुमारी शर्मा, कार्यालय सहयोगी मीना थपलिया माथि उनीहरुकै कार्यकक्षमा प्रवेश गरी गुण्डा शैलीमा आक्रमण गरेका छन । सो जत्थाले कार्यालय भित्र प्रवेश लगत्तै त्यहाँ कार्यरत राष्ट्रसेवक कर्मचारीहरुमाथि अपशब्द बोल्ने, लछारपछार गर्ने र जागिरै खाईदिने सम्मको धम्की दिएका थिए । नियम अनुसार कर्मचारी संघ दर्ताको बिषयलाई लिएर युनियनको अराजक जत्थाले कर्मचारीहरुमाथि हातपात गरी दुब्र्यबहार गरेको, आजको दिनलाई कर्मचारीहरुले कालो दिनको संज्ञा दिएका छन ।
महिला कर्मचारीमाथि पुरुष कर्मचारीले हातपात गर्नु अपशब्द बोल्नु र लात्तीले ढोका हिर्काउने सम्मका क्रियाकलाप गरेका थिए । यस घटनाले कर्मचारी युनियनलाई ट्रेड युनियनकै इतिहासमै नालायक युनियनको रुपमा स्थापित गरेको छ । युनियनका पदाधिकारीहरुको आक्रमणले आतंकित विभागका कर्मचारीहरुले प्रहरीलाई गुहारेका थिए भने डि.एस.पी. को नेतृत्वमा आएको प्रहरी टोली आई आक्रमणलाई नियन्त्रण गरेको छ । कर्मचारीहरुबाटै भएको यो दुखद घटनालाई बिभिन्न संघ संस्था, ट्रेड युनियनहरुले खेद प्रकट गरेका छन ।

डी आर खनाल

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %