संघीयतावादीको मोर्चालाई कांग्रेस र एमालेद्धारा अस्वीकार

Read Time:2 Minute, 30 Second

माओवादी नेतृत्वमा दुई साता अगाडि गठन गरिएको संघीयतावादी शक्तिको गठवन्धनलाई विपक्षी दल कांग्रेस र एमालेले अवैधानिक भन्दै उनीहरुका सबै कार्यक्रम बहिष्कार गर्ने जनाएका छन् ।

कांग्रेस र एमालेले शनिबार संयुक्त बैठक गरि आफूहरुलाई संघीयता विरोधी देखाउँन र सरकारको आयु लम्वाउँनका लागि मात्र माओवादीले मोर्चा वन्दी गरेको ठहर गदै उक्त मोर्चासंग बार्ता र संम्वाद नगर्ने बताएका छन् । मोर्चाले संघीयता विरोधी दलको रुपमा कांग्रेस र एमालेलेलाई उभ्याए पनि आफूहरु संघीयता विरोधी नभएको समेत उनीहरुले स्पष्ट्याएका छन् । राजनीतिक दलहरुलाई संघीयतावादी र गैरसंघीयताबादी भनेर विभाजन गर्ने माओवादीले सहमतिका साथ राजनीतिक संकट समाधान गर्न नचाहेको बताउँदै दलहरु बीच ध्रुवीकरण बढाउँन चाहेको कांग्रेस र एमालेका नेताहरुले आरोप लगाएका छन् । उनीहरुले उक्त गठवन्धनलाई स्वीकार नगर्ने समेत बताएका छन् । कांग्रेस नेता रामचन्द्र पौड्यालले माओवादीले सत्ता टिकाउँनका लागि मोर्चा गठन गरेको र उसका गतिविधि माथि पार्टीको कुनै समर्थन र सहकार्य नहुने बताए ।  एमालले नेता भीम रावलले मोर्चाको गतिविधि उपर शसक्क्त प्रतिकार गर्ने बताए । मोर्चाको नेतृत्व गदै आएका प्रचण्डलाई विपक्षी दलहरुसंग वार्ता गर्ने जिम्मेवारी सुम्पिए तापनि राजनीतिक गतिरोध हटाउँनका लागि विपक्षी दलहरुसंग मोर्चाले ठोस काम गर्न सक्ने संकेत देखिएको छैन  । मोर्चा गठनलाई  लिएर विपक्षी दलहरु माओवादीसंग आशंकित बनिरहेकाले राजनीतिक गतिरोध समाधान हुने भन्दा अझ लम्बिने संभावना बढेर गएको छ ।

(राज्यसत्ता नेपाल व्युरो )

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %