कांग्रेस नेता खड्का जेल गए

Read Time:1 Minute, 45 Second

पूर्व गृह मन्त्री तथा नेपाली कांग्रेसका नेता खुमबहादुर खड्कालाई ९४ लाख भन्दा बढी जरिवाना तथा सोही बमोजिम विगो सहित सर्बोच्च अदालतले डेढ बर्ष कैदको फैसला सुनाए पछि अदालतको फैसलालाई सम्मान गदै उनी बुधवार जेल चलान भएका छन् । न्यायाधीश द्धय कल्याण श्रेष्ठ र बैद्यनाथ उपाध्यको संयुक्त इजलासले सरकारी उच्च पदमा रहेका बेला पटक – पटक गरि कमाएको रकमको स्रोत खुल्न नसकेकाले भष्ट्राचार भएको ठहर गदै खड्कालाई सर्वोच्चले उक्त सजाय तोकेको थियो । खड्का फैसला अनुरुप विगो सहित अपस्थिति भएकाले उनको सजाय बीस प्रतिशत छुट अदालतले गरेको छ । उनले करीब ७५ लाख रुपैयाँ जरिमाना स्वरुप अदालतलाई बुझाएका छन् । अदालतको फैसलालाई सम्मान गरे पनि त्यस विरुद्ध पुनरावेदन गर्ने उनले बताएका छन् ।  अदालतले नियतवश फसाए पनि जेलबाट छुटे पछि नेपाली कांग्रेस पार्टीमा सक्रिय रहने खड्काले बताए । सर्वोच्च अदालतले दोषी ठहर गदै जेल सजाय सुनाइसके पछि त्यस विरुद्ध नेपाली कांग्रेसका कार्यकर्ताले राप्ती अञ्चल बन्द समेत गरेका थिए । खड्कालाई अदालतले अन्याय गरेको ठहर नेपाली कांग्रेस पार्टीले समेत गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %