प्रतिपक्ष दल नेपाली कांग्रेस र नेकपा एमालेले माओवादी सत्ता कब्जामा लागेको बताइरहेको बेला माओवादी अध्यक्ष प्रचण्डले त्यस कुराको थप खुलासा गरेका छन् । माओवादीको नेतृत्वमा भएको मोर्चा बन्दी सडक आन्दोलनको लागि गरिएको र अन्तत त्यसले सत्ता कब्जा गर्ने दावी समेत उनले गरे । काठमाडौंमा मंगलबार तामसालिङ राज्यसमितिको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले सत्ता कब्जाका लागि आफ्ना कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । राष्ट्रपतिको कदम विरुद्ध विगतमा सत्ता कब्जाको लागि आन्दोलन अगाडि बढाएको माओवादी अध्यादेश फिर्ता गरे पछि राष्ट्रपतिको कदम असंवैधानिक भएको ठहर गदै सडक आन्दोलनमा गर्ने उद्घोष गरिसकेको छ । राष्ट्रपति र सरकारबीच तिक्तता बढिरहेको बेला विगतमा अझै सत्ता कब्जाको रणनीतिलाई पुनरावृति गर्ने माओवादीले संकेत दिइसकेकाले प्रतिपक्ष दलहरु माओवादी प्रति आशंकित बन्न थालेका छन् । प्रधानमन्त्री डा. बाबुराम भट्टर्राईले समेत मंगलवार राजनीति आयोजित एक कार्यक्रममा बोल्दै क्रान्ति सत्ता कब्जा विना सम्भव नरहेको बताएका छन् । भट्टर्राईको अभिव्यक्तिले समेत सत्ता कब्जाको बाटोमा माओवादी लागेको पुष्टि गर्दछ । राष्ट्रपतिद्धारा सरकारले सिफारिस गरेका अध्यादेश फिर्ता गरेको घटनाले प्रधानमन्त्री भट्टर्राई राष्ट्रपति प्रति आक्रोशित बनेका छन् । सरकारको कामलाई राष्ट्रपतिले छेक्न नमिल्ने राष्ट्रपति कानुन भन्दा बाहिर जाँदा जनताले सहेर नबस्ने र्सार्वजनिक रुपमै उनले व्यक्त गरिसकेका छन् । प्रतिपक्ष दलहरु भने माओवादी सत्ता कब्जा गर्न उद्धत रहेकोले त्यसबाट मुलुकलाई जोगाउँन राष्ट्रपति शासन आवश्यक रहेको बताउँन थालेको छन् । एमालले, नेपाल मजदुर किसान पार्टी र कांग्रेसका नेताहरुले समेत राष्ट्रपतिले नै शासन सत्ता सञ्चालन गर्नु पर्ने र्सार्वजनिक रुपमै अभिव्यक्त दिइसकेका छन् ।
(राज्यसत्ता नेपाल व्युरो)
माओवादीले सत्ता कब्जाको लागि सरकार र सडक आन्दोलन सुरु गर्ने
Read Time:2 Minute, 53 Second
