राजनीतिक दलहरु सहमतिमा नआए लोकतन्त्र समेत गुम्छ : राष्ट्रपति डा. यादव

Read Time:1 Minute, 18 Second

राष्ट्रपति डा. रामवरण यादवले राजनीतिक सहमति विना निर्वाचन र संकट समाधान दुई असंम्भव रहेको बताएका छन् । त्यसका लागि सबै दल एकै ठाउँमा आउँनु पर्ने जोड दिएका छन् । सरकारद्धारा सिफारिस गरिएको अध्यादेश फिर्ता पठाएको विषयलाई लिएर राष्ट्रपतिको कदम असंवैधानिक रहेको माओवादीले टिप्पणी गरे पछि राष्ट्रपतिले त्यस बारे औपचारिक रुपमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । निर्वाचन आयोगले समेत मंसिर ७ मा निर्वाचन असंभव भनिसकेको परिपेक्ष्यमा अध्यादेशको स्वीकृति गर्नुले कुनै अर्थ नै नराख्ने समेत राष्ट्रपति डा. यादवले प्रस्ट्याए । राजनीतिक संकट गहिरिरहेका बेला राष्ट्रपतिले राजनीतिक दलहरुलाई सहमतिका लागि आग्रह गरेका छन् । प्रमुख चार राजनीतिक  दलबीच सहमति कायम नभए जनआन्दोलनबाट प्राप्त उपलब्धी गुम्ने खतरा बढेकोमा उनले चिन्ता व्यक्त गरेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %