भिम तमुको अध्यक्षतामा ल्हेगे परीवार युवा समिती गठन

Read Time:1 Minute, 24 Second

देवीजंग तमु, पोखरा, भाद्र ३, सिक्लेस, ताङतिङ्ग, खिलाङ्ग र घ्याप्राङ्गबाट पोखरा आई क्रियाशिल ल्हेगे युवाहरुको शनिवार वसेको भेलाले भिम तमुको अध्यक्षतामा २३ सदस्यीय ल्हेगे परीवार युवा समिती गठन गरेको छ ।

तमुहरुको मौलिक धर्म वोनको संरक्षण एवम् आफ्नो संस्कार, संस्कृति, परम्परालाई संरक्षण र प्रवद्र्धन गर्ने उद्धेश्यलेसमितीको उपाध्यक्षमा भोज वहादुर तमु, सचिवमा देवीजंग तमु, सह सचिवमा भूमिका तमु, कोषाध्यक्षमा रुपा तमु र सहकोषाध्यक्षमा सन्तोष तमु हुनुहुन्छ ।

आफ्नो मातृसंस्थाको रुपमा रहेको ल्हेगे परीवारले ल्हेगे युवाहरुलाई लक्षित गरी १ महिने पच्यु तालिम गत श्रावण ३० गतेबाट संचालन गरीरहेको छ ।

साथै ल्हेगेहरु पच्युहरुको लागी मृत संस्कार र पय संस्कार लगायतका कार्यहरुमा गरीने कर्मकाण्डहरु प्येलाई लिखित छ्योई समेत प्रकाशित गरीसकेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %