एमाले र कांग्रेस पनि संघीयतावादीको मोर्चामा सहभागि भए राजनीतिक सहमति हुन्छ : प्रचण्ड

Read Time:1 Minute, 5 Second

पहिचान सहितको संघीयतामा एमाले र कांग्रेस सहमत नभएसम्म राजनीतिक सहमति कायम हुन नसक्ने एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

शुक्रवार विराटनगरमा बोल्दै प्रचण्डले संविधानसभाबाट एकल पहिचान सहितको संघीयता ल्याउन राजनीतिक दलहरुबीचमा न्युनत्तम सहमति नहुदासम्म राजनीतिक निकास असंभव भएको उनले दावी गरेका छन् । परम्परावादी सोच त्याग गरेर संघीयतावादीहरुको मोर्चामा एमाले र कांग्रेस पार्टी सहभागि भए मात्र राजनीतिक निकास निस्कने उनले जिकिर गरे । मोर्चा गठनबाट एमाले र कांग्रेस पार्टी तर्सन नहुने र यसले राजनीतिक ध्रुवीकारण नगर्ने समेत दावी उनले गरे ।

(राज्यसत्ता नेपाल व्युरो)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %