त्रिभुवन विश्वविद्यालयले त्रिवि अध्ययान संस्थानको डीनमा डा. प्रकास सायमीलाई नियुक्त गरे पछि नेपाल चिकित्सक संघले शुरु गरेको आम हड्ताल र विरोध कार्यक्रम फिर्ता भएको छ । राजनीतिक भागबन्डामा चिकित्सक नियुक्तीको विरोध गदै आमरण अनशनमा बसेका डा. गोविन्द केसीले ६ दिन लामो आमरण अनशन तोडेका छन् । शिक्षा मन्त्री दिनानाथ शर्माको उपस्थितिमा डा. केसीले आफ्नै विरामीद्धारा जुस खाएर अनशन तोडेका हुन् । बरिष्ठताको आधारमा डीन नियुक्त हुनु आफ्नो जीत भएको डा. केशीले बताएका छन् । डा. केशीको जीबन रक्षाको माग गदै नेपाल चिकित्सक संघले देशव्यापी रुपमा सरकारी र निजी स्वास्थ्य संस्था बन्द गरि विरोधमा उत्रिए पछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले त्रिविका उपकुलपति डा. हिराबहादुर मर्हजनलाई शनिवार नै डीन नियुक्त गर्न निर्देशन दिएका थिए ।
अनशनबाट त्रिवि शिक्षण अस्पतालले नयाँ डीन पायो
Read Time:1 Minute, 22 Second
