राष्ट्रपति डा. रामवरण यादवले सरकारले पठाएका दुई अध्यादेश अस्वीकार गर्नु असंवैधानिक कदम भएको ठहर गदै राष्ट्रपतिको असंवैधानिक कदम विरुद्ध उत्रिने एक्किृत माओवादीले बताएको छ ।
राष्ट्रपति डा. यादवद्धारा सरकारले सिफारिस गरेका दुई वटा निर्वाचन सम्बन्धी अध्यादेश जारी गर्न अस्वीकार गरे पछि माओवादीले राष्ट्रपतिको कदम विरुद्ध संघर्षमा उत्रिने निर्णय गरेको हो । माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले राष्ट्रपतिले राजनीतिक निर्णय गरेर देशलाई मुडभेडमा लैजान खोजेको बताएका छन् । राष्ट्रपति डा. यादवले नेपाल ऐन संशोधन गर्ने अध्यादेश २०६९ र संविधानसभा निर्वाचन अध्यादेश २०६९ तत्काल जारी गर्न सान्र्दभिक नभएको ठहर गदै फिर्ता गरेका थिए । प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार देबेन्द्र पौड्यालले पनि राष्ट्रपतिको कदम असंवैधानिक भएको र लोकतान्त्रिक पद्धतिमा राष्ट्रपतिले कार्यकारी सरकारलाई चुनौति दिएको समेत बताए । फिर्ता पठाइएका अध्यादेश सरकारले फेरि राष्ट्रपति समक्ष नै पठाउँने उनले जानकारी दिएका छन् । सरकार र राष्ट्रपति बीचको दुरी बढ्दै गइरहेका बेला अध्यादेश फिर्ताको विषयलाई लिएर सरकार र राष्ट्रपति बीच द्वन्द्व बढ्ने संकेत देखिएको छ । विगतमा माओवादी नेतृत्वको सरकारले सेनापतिको विषयमा राष्ट्रपतिले असंवैधानिक कदम चालेको भन्दै राष्ट्रपति विरुद्ध सडक आन्दोलन समेत सुरु गरेको थियो ।
(राज्यसत्ता नेपाल व्युरो)
अध्यादेश फिर्ताको विषयलाई लिएर माओवादी राष्ट्रपतिको विरुद्ध सघर्ष गर्ने
Read Time:2 Minute, 13 Second
