संघिय लोकतान्त्रिक मोर्चाले काग्रेस र एमालेलाई त्याग गर्न सिकाउछ : प्रचण्ड

Read Time:2 Minute, 20 Second

देब पचभैया, पाल्पा,श्रावण ३२, एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अगुवाईमा निर्माण भएको संघिय लोकतान्त्रिक गणततान्त्रिक मोर्चाले काग्रेस र एमालेलाई त्याग गर्न सिकाउने दाबी गरेका छन । क्रान्तीकारी पत्रकार संघ पाल्पाले आज दिउसो तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै काग्रेस र एमालेका एक थरी नेताहरुले गर्दा राजनैतिक सहमति हुन नसकेको उनको भनाई थियो । राजनैतिक सहमतिको लागी मोर्चाको गठन भएको हो, उनको भनाई थियो यही मोर्चाले काग्रेस र एमालेलाई त्याग गर्न सिकाउछ । संबिधान सभाका बहुसंख्यक शक्तिलाई देखेर पनि काग्रेस एमाले संघिय मोर्चामा आउने उनको दाबी छ । सहमतिको लागी माओबादी हदै सम्म लचक भएको बताउदै ठुलो पार्टीको हैसियतले अझै बार्ता र सहमतिको लागी लचक हने उनको भनाई थियो ।
सेना समायोजन गरे एक हप्तामा सहमति हुन्छ भन्ने काग्रेस आज सहमतिको बिरुद्धमा हिडेको आरोप लगाउदै माओबादी अध्यक्ष प्रचण्डले आफुले जोखिम मोलेर सेना समायोजनको निणर्य गरे पनि एमाले र काग्रेसकै कारण सहमति नभएको उनको आरोप थियो । बिगतमा बिबाद समाधान उपसमितिको संयोजक भएर मैले गरेको कामका बारेमा सबैलाई जानकारी छ, उनले भने अहिले बनेको मोर्चाको संयोजकको हैसियतले पनि म सहमतिको लागी सक्रिय बन्नेछु । पहिचान सहतिको संघिय मोर्चाले सबै पार्टीको भाबनालाई समेट्दै अघि बढ्ने उनको भनाई थियो । पोखराबाट काठमाण्डौ फर्किने क्रममा प्रचण्ड कार्यकर्ता भेटघाटको लागी पाल्पा आएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %