प्रधानमन्त्री बाबुराम भट्टराई चेपाङ्गहरुको बस्ती रहेको चितबनको सिद्धी गाविसमा पुगेका छन् । चेपाङ्गहरुको कष्टकर जीवन बारे विभिन्न सञ्चार माध्यममा समाचार प्रकासित भए पछि उनीहरुको वास्तविकता बुझन त्यहा पुगेका हुन् । प्रत्येक महिनाको एक दिन जनताको दैलोमा विताउँने गरेका प्रधानमन्त्री भट्टराई बुधवार चितवनका चेपाङ्गकै बस्तीमा रात विताए । नेपालमा चेपाङ जाती अति सिमान्तकृत र लोपउन्मुख जातिमा पर्छ । नागरिकताको अभावमा राज्यबाट पाउँने वृद्ध भत्ता लगायत अन्य सुविधाबाट समेत चेपाङहरु बञ्चित हुदै आएका छन् ।
