सभापति सुशिल कोइरालाले पार्टीको विधान विपरीत विभाग र जिल्ला तथा अञ्चल संयोजक तोकेको भन्दै देउवा पक्षीय नेताहरुले ती विभाग तथा अञ्चल संयोजकबाट बुधवार सामूहिक राजीनामा दिएका छन् । देउवा खेमाबाट अञ्चल र विभागमा गरि १९ जना नेताले जिम्मेवारी पाए पनि भिषमराज आङदङवे बाहेक सबैले राजीनामा हुन् । उनीहरुले पार्टी कार्यालयमा राजीनामा दर्ता गरि शेर बहादुर देउवाको निवासमा पुगेर सामूहिक राजीनामा दिएको जानकारी दिएका थिए । पार्टी विधान भन्दा बाहिर गएर सञ्चालन हुन थाले पछि आफूहरुलाई अमान्य भएर राजीनामा दिनु परेको कांग्रेस नेता एनपि साउतले बताए । सभापति कोइरालाले साउन दोस्रो साता आफू खुसी विभाग गठन गरे पछि आन्तरिक कलहमा कांग्रेस फसेको छ । राष्ट्रिय राजनीति तथा भावी प्रधानमन्त्रीको उमेद्वार छनौटका विषयमा बिहीवार बोलाइएको केन्द्रिय समितिको वैठकमा समेत पार्टीको आन्तरिक कलहले नै प्रमुखता पाउने भएको छ । फुट पछि कांग्रेस संस्थापनमै गाभिएको देउवा खेमा पार्टी नेतृत्व प्रति अहिले तीव्र सन्तुष्ट पोख्दै आएको छ । आन्तरिक विवाद चुलिदै जाँदा कांग्रेस पार्टी फेरि फुट्ने हो कि भन्ने आशंका समेत जन्मिन थालेको छ ।
(राज्यसत्ता नेपाल व्युरो)
देउवा पक्षीय नेताद्धारा कांग्रेस पार्टीबाट सामूहिक राजीनामा
Read Time:1 Minute, 57 Second
