सरकारको नेतृत्व तथा विभाग गठनको विषयलाई लिएर नेपाली कांग्रेसमा विवाद चुलिएको छ । सरकारको नेतृत्वको विषयमा कांग्रेसमा दुइ फरक -फरक खेमाले आफ्नो दावी गरे पछि विवाद उत्पन्न भएको हो । सरकारको नेतृत्व शेरबहादुर
देउवाले गर्नु पर्ने देउवा पक्षीय नेताहरुको अडान छ । सोही विषलाई लिएर देउवा पक्षीय कार्यकर्ताहरुको छुट्टै भेला देउवा निवासमा सोमबार बसेको थियो । भेलामा यसै हप्ता बस्ने कांग्रेस केन्द्रिय समितिको बैठकमा उठाउने विषयबारे गम्भीर छलफल भएको बताइएको छ । पार्टर विभाग गठनमा छलफल नै नगरि गरिएको भन्दै देउवा खेमाले पार्टी सभापति स्वच्छाचारी ढंगले अगाडि बढेको आरोप समेत लगाएको छ । विभागमा मनोयन भएका देउवा पक्षीय नेताहरु मध्ये सामूहिक राजीनामा दिने पक्षमा उभिए पछि कांग्रेसमा विवाद चर्किएको छ । देउवा पक्षका जिल्ला तहका नेताहरु भने आफ्नो जिम्मेवारीबाट राजीनामा
दिने निर्णय पुगिसकेका छन् । भेलामा अगामी सरकारको नेतृत्वका लागि देउवालाई अगाडि बढाउनु पर्ने विषयलाई जोडदार रुपमा उठाएको देउवा पक्षीय एक नेताले बताए । नेतृत्व छनौट गर्न नसकेको भनेर कांग्रेसको आलोचना र्सवत्र बढिरहेका बेला भावी प्रधानमन्त्रीका प्रत्यासीमा देउवालाई उभ्याउनु पर्नेमा देउवा खेमाको जोड छ । यता पार्टी सभापति सुशील कोइरालाले पार्टी गुट उपगुटलाई कायम राख्ने उपर कार्रवाही गर्ने बताएका छन् । एकता कायम भए पनि पटक- पटक पार्टी चुलिदो विवादले कांग्रेस अझै पनि भावनात्मकरुपले एक हुन नसकेको स्पष्ट देखिएको छ ।
सरकारको नेतृत्वको विषयले कांग्रेसमा विवाद बल्झायो
Read Time:2 Minute, 17 Second
