देवीजंग गुरुङ्ग, पोखरा, श्रावण ३०, पोखरामा पहिलोपटक आज मंगलबारबाट तमुहरुको ल्हेगे खेगी पच्यु सम्वन्धि १ महिने तालिम सुरु भएको छ ।
सिक्लेस, ताङतिङ र खिलाङ्गबाट पोखरा आई बसोबास गरेका नम तितु ल्हेगे परीवारले आज एक समारोहवीच तमु प्ये ल्हु संघमा पच्यु चिवा वेल वहादुर ल्हेगे तमु, दुँली ल्हेगे तमु लगायतका पच्युहरुले क्ष्योप गरेर उद्घाटन गर्नुभएको थियो ।
संस्कार, संस्कृति र परम्पराका बारे नयाँ पुस्तालाई जानकारी गराउन र मौलिक परम्परा संरक्षण गर्ने उद्धेश्यले आयोजित १ महिने ल्हेगे खेगी पच्यु तालिममा सिक्लेस, ताङ्गतिङ्ग, च्याङ्लुङ्ग र भुर्जुङ्गखोला लगायतका गाउँहरुका करिब २५ जना युवाहरुको सहभागिता रहेको छ ।
ल्हेगे पच्युहरु बेल बहादुर गुरुङ्ग, गिन वहादुर गुरुङ्ग, चुरुमान गुरुङ्ग, चुउरु गुरुङ्ग, नर वहादुर गुरुङ्ग र दुँली गुरुङ्गले प्रशिक्षण दिने तालिममा प्रशिक्षार्थीहरुलाई फैलु लबा, छ्यो लबा, पै चुबा, सिन्कु थिबा, प्ह्ल उईबा, सेर्का र थाँ क्यारबा लगायतका प्येहरुमा प्रशिक्षण दिने भएको छ भने ङ्हारदा लबा, टोँगी त्हुदुँ ¥हाबा र छ्याडु लगायतका तालहरु बजाउन पनि प्रशिक्षण दिने भएको छ ।
तालिममा दैनिक मध्यान्ह १२ वजेदेखि अपरान्ह ४ बजेसम्म हुने ल्हेगे परीवारका प्ये छ्या संकलन संयोजक हनरी कप्तान बिर वहादुर गुरुङ्गले बताउनुभयो ।
परीवारका अध्यक्ष सुवेदार मेजर शेर बहादुर ल्हेगे तमुको अध्यक्षता र तमु प्ये ल्हु संघ केन्दि«य कार्यसमितीका निवर्तमान अध्यक्ष एवम् तमु प्ये छ्या संकलन संयोजक लेफेनेन्ट इन्द« वहादुर केप्छै तमुको प्रमुख अतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा परिवारका उपाध्यक्ष लेफेनेन्ट रण वहादुर ल्हेगे तमु, तमु प्ये ल्हु संघ जिल्ला समिती कास्कीका अध्यक्ष क्याप्टेन इन्द« वहादुर च्होमु्रो तमु, तमु प्ये ल्हु संघ क्षेत्रिय पौरे शाखाका अध्यक्ष गगनसिं ल्हेगे तमु, उपाध्यक्ष सुवेदार रण वहादुर ल्हेगे तमु, पच्यु गुरु बेल वहादुर ल्हेगे तमु र देवीजंग ल्हेगे तमु लगायतले वोल्नुभएको थियो ।
गुरुङ्गहरुको बोन धर्म अनुसार कर्मकाण्ड लगायतका कार्यहरु गर्न ल्हेगे पच्युहरुको पनि महत्वपुर्ण भूमिका हुन्छ भने ल्हेपृ, क्रोम्छै पच्यु र वोन्पो लामाको पनि उत्तिकै आवश्यक पर्दछ ।
