आदिवासी कप विजेताले ३० हजार पाए

Read Time:1 Minute, 3 Second

विश्व आदिवासी दिवसको अवसरमा नवलपरासीमा आयोजना गरिएको आदिवासी कपको उपाधि तरुवा क्लबले जितेको छ । आदिवासी जनजाति युवा महासंघले आयोजना गरेको प्रतियोगिताका विजेता टीमलाई राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद सदस्य कर्ण सुनारी मगरले रु ३० हजार नगद र प्रमाणपत्र वितरण गरे । उपविजेता दुम्किबासले रु २० हजार र  तेस्रोस्थानमा आएको गैंडाकोटले रु १० हजार नगद प्राप्त गरे । पुरस्कार राशी मध्ये रु १० हजार गंगालक्ष्मी गुरुङले स्पोन्सर गरेको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा एमालेका जीवन श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टी नवलपरासी अध्यक्ष नरबहादुर ठाडा, पुरन चापागाई लगायतले आआफ्ना धारणा राखेका थिए ।
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %