शान्तिदीपमा ताओको प्रवचन र टिका ग्रहण

Read Time:1 Minute, 58 Second

हुम तमु, पोखरा, २७ साउन, शान्तिदीप तमु समाजले आज एक कार्यक्रम गरी सत्यताको मार्ग ताओको प्रवचन र टिका ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ताओका नेपाल प्रमुख लिन ताओले ताओको सत्यताको मार्ग र असल मान्छे कसरी बन्ने भन्ने बारेमा प्रवचन दिनुभएको थियो भने ताओ गुरु दिपकलाल पराजुलीले टिका ग्रहणको महत्व तथा ज्ञानको प्रवेशद्धारका बारेमा प्रवचन दिनुभएको थियो । समाजका अध्यक्ष क्याप्टेन तेजबहादुर गुरुङको अध्यक्षमा भएको कार्यक्रममा १२३ जनाले ताओको टिका ग्रहण गरेका थिए । कार्यक्रममा ८८ वर्षिया डिलसुवा गुरुङ, तिर्थकुमारी गुरुङ र ७५ वर्षिया चिजकुमारी गुरुङलाई गुरु लिन ताओले खादाद्धारा सम्मान गर्नुभएको थियो । समाजका अध्यक्ष क्याप्टेन तेजबहादुर गुरुङले दीप प्रज्जलन गरी शुरु गरिएको कार्यक्रममा गुरु लिन ताओ, सुतेमु, छान छाञ्चुलाई समाजका आमा समितिको तर्फबाट भाङ्ग्रा लगाउदै सम्मान  गरिएको थियो ।

टिका ग्रहण कार्यक्रममा संकलित २० हजार ८०९ रुपैया प्रमुख अतिथी गुरु लिन ताओले समाजका अध्यक्ष गुरुङलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा गुरु प्रकाश भट्टराईले दोभाषेको भुमिका निर्वाह गर्नुभएको थियो भने कार्यक्रम संचालन समाजका सचिव सुवेदार विरबहादुर गुरुङले गर्नुभएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %