माओवादीको नेतृत्वमा संघीयताबादीको बृहत मोर्चा बन्दै

Read Time:1 Minute, 43 Second

माओवादीको नेतृत्वमा संघीयताबादी शक्तिको छुट्टै मोर्चा बन्ने भएको छ । बिहीवार माओवादीको अगुवाइँमा प्रधानमन्त्री निवासमा सम्पन्न बैठकले संघीयताबादीको मोर्चा बनाउँने निर्णय गरेको छ । वैठकमा सत्तासाझेदार मधेशवादी दल र अन्य केही दलहरु समेत सहभागि थिए । प्रधानमन्त्री बाबुराम भट्टराईका सल्लाहाकार देवेन्द्र पौड्यालले आउँने आइतबारसम्म मोर्चा बन्ने जानकारी दिए । मोर्चाको स्वरुप र आकार बारे अहिले सरकार साझेदार दल र अन्य दलहरु भित्रै छलफल जारी रहेको बुझिएको छ । मोर्चा दिर्घकालीन रुपमा गठन हुन लागेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका नेता जितेन्द्र नारायण देवले बताए । पहिचान सहितको संघीयता चाहने जनजातिहरु शक्ति एकातिर केन्द्रित बनेर राजनीतिक पार्टी निर्माणको क्रममा लागेका बेला बन्न लागेको संघीयतावादीको छुट्टै मोर्चा बर्तमान सरकारलाई अन्य दलहरुको समर्थन जारी राख्दै पतिपक्ष दलहरुलाई कमजोर पार्ने माओवादी रणनीति अनुरुप आएको हो वा जनजातिहरुलाई पनि साथ लिनका लागि त्यो आशंकाकै घेरामा छ ।
(राज्यसत्ता नेपाल व्युरो ) 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %