प्रधानसेनापति गुरुङ आज देखि विदामा, गौरब शम्मशेर प्रधानसेनापति

Read Time:2 Minute, 15 Second

प्रधानसेनापति छत्रमान गुरुङ आज देखि विदामा बसेको छन् । प्रधानसेनापतिबाट अवकास लिन भन्दा एक महिना अगाडि विदामा बस्ने नेपाली सेनाको प्रचलन अनुसार गुरुङ विदामा बसेका हुन् । विदामा बस्नु अगाडि प्रधानसेनापति गुरुङले बिहीवार प्रधानसेनापतिको कार्यभार गौरव शम्मेर राणालाई हस्तान्तरण गरेका छन् । सरकारले प्रधानसेनापतिमा गौरव शम्सेरलाई नियुक्ति गर्ने सिफारिस बमोजिम गुरुङको विदा आगामी भदौ २४ मा सकिए लगतै खाली हुने प्रधानसेनापतिको पद्मा राणा नियुक्त हुने छन् l सेनाको संरचनागत सुधार र सेना समायोजनमा सेनाको खाँका लगायत विषय माओवादी अनुकूल हुने गरि सार्वजनिक गरेका गुरुङ पछिल्लो विवादमा तानिएका थिए । त्यही कारण नै राष्ट्रपतिसंग उनको सम्वन्ध तीतो बन्न पुगेको थियो । प्रधानसेनापतिको दावेदारमा भुषण चन्द र गौरब संशेर राणा थिए, तर जेष्ठताको आधारमा गौरव शेम्सेरलाई नियुक्ति लागि सिफारिस गरिएको हो । राणा प्रधानमन्त्री चन्द्र संशेरका पनाति तथा बबर संशेरका नाति गौरब अति सम्पन्न परिवारका मानिन्छन् । फरक फरक समय गरि माओवादी सरकारकै नेतृत्व अवधिमा नेपाली सेनामा दुई वटा प्रधानसेनापति छानिए पनि विगतमा जस्तो विवादको जन्म यस पटक नहुने निश्चित भएको छ । जेष्ठता र रोलक्रम अनुसार नै प्रधानसेनापतिका दावेदारलाई छनौट गरिएकाले नियुक्तिलाई नियमित र स्वभाविक प्रक्रिया अनुरुप नै हेरिएको छ ।
(राज्यसत्ता नेपाल व्युरो )

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %