अग्रेजलाई युद्धमा जितेको संझनामा आज पाल्पामा सिन्दुर जात्रा मनाईदै

Read Time:3 Minute, 0 Second

देब पचभैया, पाल्पा, श्रावण २६, नेपाल अग्रेज संगको युद्धमा नेपालले जितेको उपलक्ष्यमा आज पाल्पाको तानसेनमा सिन्दुर जात्रा मनाईदै छ । कृष्ण जमाष्टमीको भोलीपल्ट पाल्पाको तानसेनमा बिजय उत्सब स्वरुप मनाइने श्री ७ रणउजिरेश्वरी भगवतीको सिन्दुर जात्रा मनाउन लागीएको हो ।
नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कर्णेल उजिर सिहं थापाले मनाउन शुरु गरेको जात्रा हरेक बर्ष मनाइदै आएको छ ।
युद्धमा जानु अघि थापाले विजयी हासिल गरेमा मन्दिर बनाएर प्रत्येक वर्ष बिजयको सिन्दुर जात्रा संचालन गर्ने भाकल गरी युद्धमा विजय हासिल गरेपछि १८७६ देखि निरन्तर रुपमा जात्रा मनाउन थालिएको हो । बुटवलको जितगढी लगायतको क्षेत्रमा बिजय हासिल गरेपछि रणउजिरेश्वरी भगवति जात्रा मनाउन थालिएको हो । जात्राको अघिल्लो दिन हिजो रातभरी जाग्राम बसेर भगवतिको महिमा गाउने, राती १२ बजे साइत हेराएर भगवतिको रथ उचाल्ने, बली दिने, आज बिहानै देखि पुजा पाठ गर्ने र दिनभर रथलाई तानसेन बजार परिक्रममा गर्ने प्रचलन छ । जात्रा बजार परिक्रममा गराएपछि बेलुका ५ बजेपछि मन्दिरमा भित्राउने गरिन्छ । जात्राको अबलोकन गर्न पाल्पा, गुल्मी, स्याङजा, पोखरा, बुटवल, अर्घाखाँचीलगायतका स्थानबाट श्रद्धालुहरु आउने गर्छन् । रथका साथमा नेपाली सेना, प्रहरी, निजामती कर्मचारीहरु, स्थानीय तथा अन्य स्थानबाट आएका भक्तजनहरु र झाँकीको उपस्थिती रहने गर्दछ । यो पश्चिम क्षेत्रकै ठूलो रथयात्रा हो ।
जिल्लाका सरकारी निकाय र स्थानिय बासिन्दाले सबैको सहभागिता हुने भएकाले तानसेनमा स्थानीय विदा दिईएको छ ।
ऐतिहासिक राष्ट्रिय महत्व बोकेको देशको बिरताको सम्झनामा मनाईने तानसेन पाल्पाको भगवति जात्रा खर्च अभाबको कारण बर्षेनी जात्रा निकाल्न धौधौ भएको भगवती गुठीमा सचिव राजेश्वर उदयले बताउनुभएको छ । उहाका अनुसार रथयात्राका लागि करिव २ लाख रुपैँया खर्चलाग्ने अनुमान गरिए पनि अहिले सम्म करिव १ लाख ४० हजार रुपैँयामात्र संकलन भएको छ ।

फोटो देब पचभैया

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %