देवदह गाउँ समन्वय परिषदले १८ औ विश्व आदिवासी दिवस मनायो

Read Time:2 Minute, 45 Second

गोविन्द घर्ति देवदह साउन २५ ।  आई एल ओ १६९ लाई राज्यले वेवास्ता गर्दा आदिवासी जनजातिहरु हक र अधिकारबाट वन्चित हुनु परेको नेपाल मगर विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य गोविन्द पुनले बताउनु भएको छ । आई एल ओ १६९ लागु भए आदिवासी जनजातिहरुको हक र अधिकार सुनिश्चित हुने डरले राज्यले वेवास्ता गरेको बताउनु भयो । नेपाल आदिवासी जनजाति महासंघ देवदह गाउँ समन्वय परिषदले आयोजना गरेको १८ औ विश्व आदिवासी दिवस समारोहलाई सम्वोधन गर्दै उक्त कुरा बताउनु भएको हो । वहाँले विश्व आदिवासी दिवस संग संगै जातीय हक र अधिकारका आन्दोलनलाई पनि संगै अगाडि बढाउनु पर्नेमा जोड दिनु भयो । नेपाल आदिवासी जनजाति महासंघ देवदह गाउँ समन्वय परिषद देवदहका अध्यक्ष केशव पुनको अध्यक्षता, उपाध्यक्ष विद्यालक्ष्मी गुरुङ्गको स्वागत र सचिव राजकुमार श्रेष्ठको संचालनमा भएको कार्यक्रममा रेडियो देवदहका स्टेशन म्यानेजर तथा सञ्चारकर्मी यम राना, नेपाल आदिवासी जनजाति पत्रकार संघ अनिज रुपन्देहीका अध्यक्ष भिम गुरुङ्ग, एकिकृत नेकपा माओवादी देवदहका ईन्चार्ज कृष्ण ढकाल, नेपाली कांग्रेस देवदहका सभापति दुर्गा बहादुर राना, एमाले देवदहका अध्यक्ष पदम थापा, नेकपा माओवादी देवदहका सचिव चिरन पुन, नेपाल मगर संघ देवदहका अध्यक्ष लाल बहादुर दर्लामी, तमु छोज धी देवदहका कोषाध्यक्ष टौ बहादुर गुरुङ्ग, परिषदका सल्लाहकार दल बहादुर पाईजा लगायतले बोल्दै ६ सय १ सभासदले आप्mनो जिम्मेवारी पुरा गर्न नसक्दा संविधान वन्न नसकेको बताउनु भयो । सो अवसरमा बोल्ने वक्ताहरुले राज्यसत्तामा बसेका ब्राहमणवाद चिन्तन भएका शासक वर्गले आदिवासी जनजातिका मुद्दालाई वेवास्ता गरेको बताउनु भयो । कार्यक्रममा विभिन्न जातीय सांस्कृतिक झलक तथा भेषभूषाहरुको साथै नृत्यहरु प्रस्तुत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %