तिज पर्ब भनेको हिन्दु महिलाको चाड हो

Read Time:2 Minute, 54 Second

Kamala Thapa magar, तिज पर्ब भनेको हिन्दु महिलाको चाड हो| यस पर्बले पुरुषलाई बढ्वा दिएको छ यति मात्र होईन यस चाडले महिलाहरुको अधिकार कुण्ठित गरेको छ | महिलालाई द्रोस्रो दर्जाको नागरिक सरह बनाउने यस्तो संस्कारले महिलाको उन्निती प्रगतीमा अबरोध ल्याउने काम मात्र गर्न सक्छ | यस्ता धर्म संस्कार मनाउदै वा अंगाल्दै आउदा हामी सम्पुर्ण महिलाहरु पछाडी परेका हौः यस्ता कुराहरुमा बहस हुनु राम्रो कुरा हो | अरु समुदायको धर्म, संस्कृति, रितिरिवाज, चाडपर्वलाई फेशनको रुपमा हाम्रो समुदायमा पनि भित्र्याउदा त्यसबाट गलत सूचना प्रबाह हुनगई हाम्रो धर्म, सस्कृति, रितिरिवाज र चाडपर्बहरुमा दुष्प्रभाव पार्न सक्छ वा ओझेलमा वा संकटमा पार्न सक्छन | त्यस्तो नहोस भन्ने हाम्रो चाहना हो र यो एउटा चिन्ताको विषय पनि हो !

मानव अधिकारको हकमा भन्नु पर्दा आफुले चाहेको कुरा गर्नु पाउनु वा स्वतन्त्र भई बाच्न पाउनु मानिसको नैसर्गिक अधिकारको कुरा हो | कसैले ब्यक्तिगत रुपमा कुनै चाडपर्व मनाउछन् भने त्यसमा केही भन्नु आवस्यक हुदैन | यसलाई ठुलो मुद्दा बनाउँनु पनि हुदैन तर संस्थागत रुपमा अरु समुदायको धर्म, संस्कृति, रितिरिवाज, मनाउदा त्यसले सम्पूर्ण समुदायमा नकारात्मक संदेश दिनेहुदा यस्ता कुराहरुमा विचार पुर्याउनु पर्दछ | किनभने अहिलेको अबस्था भनेको नेपाल मगर संघले मगर समुदायको धर्म, संस्कृति , रितिरिवाज, चाडपर्व कुन हो भन्ने कुरा पत्ता लगाई सकेको अबस्था हो |

त्यसैले अब हाम्रो समुदायभित्र भएका यस्ता बाझिएको कुरा कहिँ कतै छन भने अर्थात कुनै बिकृती वा बिसंगतिहरु अझै पनि छन भने तिनलाई हटाइ हाम्रो समुदायभित्र हाम्रो धर्म, संस्कृति , रितिरिवाज, चाडपर्वहरुको बारेमा सही सूचना प्रवाह गर्नु तपाई हामी सबैको जिम्मेवारी हुन आउछ | साथै हाम्रो धर्म, संस्कृति र रितिरिवाजको समरक्षण र सम्वर्धन गर्नु तपाई हाम्रो दायित्व पनि हो |

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %