जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले मासिक अन्तक्र्रिया कार्यक्रम गर्यो

Read Time:1 Minute, 33 Second

नाम विशेषण,

जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले मासिक अन्तक्र्रिया कार्यक्रम ‘मगर विशेषण’ सम्बन्धी छलफल सम्पन्न गरेको छ । तुलानात्मक नेपाली साहित्य र चलचित्रवारे फ्रान्सको युनिभर्सिटीमा अध्यापन गराइरहनु भएकी प्रो. शोभा चन्द श्रोत व्यक्ति रहेकी थिइन् ।
भाषा हराउनु भनेको सोंच पनि हराउनु हो । कुनै व्यक्तिको गुणगान गाउनु (चाकरी प्रथा) विशेषण हो । नेपाली समाजमा एउटा व्यक्तिलाई धेरै विशेषण थपेर गुनगाण गाउनु मानसिक रोग बनेको छ । मगर समाजमा कुनै पनि व्यक्तिलाई विशेषण थप्ने प्रचलन छैन । धनी र गरिव भएपनि मगरमा सामाजिक, साँस्कृतिक कार्यहरुमा विभेद गर्ने चलन छैन ।  बरु बच्चा जन्मदैं मरेपछि बाँचेको बच्चाको नाम नराम्रो र दलितहरुको थरवाट जस्तैः कामी बुढा मगर, सर्किनी घर्ति मगर आदि नाम विशेषण अठार मगर क्षेत्रमा राख्ने गरिन्छ । बाह्र मगरात क्षेत्रमा ढ्वाँटी, ल्हापी, ढुङ्खुरी आदि छोरीहरुलाई काल्या, नेप्टे, गोर्या छोराहरुको नाम विशेषण राखिन्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %