आदरणनीय फिप्नाका सम्पूर्ण सल्लाहाकार ज्यूहरु, फिप्नाका सबै पधाधिकारीहरु, सम्पूर्ण सदस्य संस्थाहरु एव पदाधिकारी ज्यूहरु, च्याप्टर संगठन एव पदाधिकारी ज्यूहरु, पत्रकार मित्रहरु, भाईचारा संस्थाहरु, साथै आदिवासी जनजाति दाजु-भाई तथा दिदी-बहिनीहरु एव सम्पुर्ण न्याय प्रेमी मित्रहरु ।
नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको ऐतिहासिक प्रथम वार्षिक भेलामा यहाँहरु सबैलाई एक मुस्ट झोरलाङ,छ्याजलो, मिजोर,फ्याफूल्ला, होर्छे, जजोलप्पा, टासी-देलेक, सेवारो अनि आदिवासी जनजाति अभिवादन ।
सर्ब प्रथम यहाँहरु सबैलाई १८ औ बिश्व आदिवासी दिवाश अगष्ट ९, २०१२ को शुखद उपलक्षमा खुशियाली, मुक्ति, पहिचान एव उमंगमय शुभकामना छ। यही खुसियालीलाई आत्मसाथ गर्दै फिप्नाले आफ्नो वार्षिक साधरण सभा पनि यही मिति अगष्ट ११, २०१२ शनिबार नेफिन केन्द्रीय महासचिब श्री आँगकाजी शेर्पा ज्यू को प्रमुख आथित्य एव आदिवासी ककसका नि-वर्तमान अध्यक्ष श्री पृथ्वी सुब्बा गुरुंग ज्यूको बिशेष आथित्यम गर्न गै रहेको पनि यहाँहरु सबै लाई जानकारी गरौउद छौ । अन्तमा खुसियाली लाई एउटा मजबुद आधारसिला बनाउने उदेश्यको साथ फिप्नाले फण्ड राईजिंग डिनर कार्यक्रम पनि बेलुकी ८ बजे देखी सोही मिति र स्थानमा राखेको हुँदा तपाईहरु सबैको शानदार उपस्थिति र सहयोगको लागी पनि फिप्ना हार्दिक अनुरोध गर्दछ ।
कार्यक्रम: वार्षिक साधरण सभा एव फण्ड राईजिंग डिनर ।
स्थान: हिमालयन याक रेष्टुरेन्ट 72-20 ROOSEVELT AVE 2ND FL JACKSON HEIGHTS NY 11372
मिति: अगष्ट ११, २०१२ शनिबार बिहान ११ बजे देखी
कार्यक्रम रूपरेखा:
क) खुल्ला सत्र – बिहान ११ बजे देखी ३ बजे सम्म
ख) बन्द सत्र – ३ बजे देखी ७ बजे सम्म
ग) फण्ड राईजिंग डिनर- बजे देखी १ बजे सम्म विथ डिजे नाईट
आयोजक: नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना )
