सरकार विरुद्ध ९ युवा संघ सडक आन्दोलनमा

Read Time:3 Minute, 1 Second

प्रधानमन्त्री बाबुराम भट्टराईले तत्काल पद छोड्न दवाब दिन प्रतिपक्ष दलका भातृ संगठन युवा संघले सरकार विरुद्ध सडक आन्दोलन सुरु गरेका छन् । काठमाडौ उपत्यका भित्र उनीहरु गत आइतवार देखि सुरु गरेको विहान ६ बजे देखि १० बजेसम्मको यातायात बन्द आज पनि जारी राखेका छन् । प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा एमाले, लगायत ९ वटा दल सम्वद्ध युवा संगठनले राजधानीमा  गरेको विहानी समयको यातायात बन्दले जनजीवनमा असर परिरहेको छ भने सरकारी कामकाज समेत प्रभावित बन्न थालेको छ । नेपाली कांग्रेस र एमाले लगायतका दलहरुले सरकार विरुद्ध युवा संघलाई सशक्क्त सडक आन्दोलन गर्न निर्देशन दिए पछि युवा संघले आन्दोलन कडा बनाउँदै लगेको हो । ९ वटा युवा  संघको मोर्चाले सरकार विरुद्धको आन्दोलन थप कडा पादै लैजाने संकेत दिएको छ ।  मोर्चा बन्दको अवज्ञा गर्ने उपर माथि तोडफोड र आगजनीमा उत्रिएको छ भने देशको प्रमुख प्रशासनिक अड्डा सिंहदवारको चारै गेट आसपासमा प्रर्दशनमा जुटेको छ ।  सरकारी गाडीहरु विदाको समयमा दुरुपयोग भएको पाइएमा समेत कारर्वाही थालेको छ । देश भरि नै युवा संघले सरकार विरुद्ध आन्दोलन जारी राखेको छ । आन्दोलनकै बलबाट प्रधानमन्त्री बाबुराम नेतृत्वको सरकार हटाउँने योजना युवा मोर्चाको छ ।  युवा संघको आन्दोलनप्रति दलहरुको समर्थन रहेकाले सडक आन्दोलनलाई थप शसक्क्त बनाउँदै लैजाने रणनीतिमा युवा संघ लागेको बुझिएको छ । गत जेठ १४ मा संविधानसभाको अवसान लगतै बन्द हड्तालको बातावरण एकाएक सेलाएको बेला अहिले सरकार विरुद्ध सुरु गरिएको सडक आन्दोलनबाट आम जनता भने निकै सास्ती खेप्न बाध्य हुनु पर्ने भएको छ । यता राजनीतिक संकट समाधानको विकल्प सहित सहमतिको सरकार बनाउँन प्रतिपक्ष दलहरु तयार भए आफूले तत्काल पद छाड्ने प्रधानमन्त्री बाबुराम भट्टराईले बताउँदै आएका छन् । राजनीतिक संकट समाधान गर्ने उपयुक्त विकल्प दिन नसक्दासम्म आफूले प्रधानमन्त्रीको पद नछाड्ने अडानमा प्रधानमन्त्री भट्टराई छन् ।
(राज्यसत्ता नेपाल व्युरो)   

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %