राजमुपाको बन्दका कारण आज अरुण पूर्वका नौ जिल्ला प्रभावित

Read Time:1 Minute, 41 Second

लिम्बुवान क्षेत्र पूर्ण रुपमा बन्द

२२ साउन, काठमाण्डौं । राष्ट्रिय जनमुक्ति पार्टीले आव्हान गरेको बन्दका कारण आज अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ । साउन २२ गतेलाई कालो दिनको नाम दिँदै गरेको बन्दका कारण पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम र सङखुवासभामा लामो तथा छोटो दुरीका सवारीका साधन चलेका छैनन् भने बजार पसलहरुपनि बन्द रहेका छन् ।एम्वुलेन्स,कुटनितीक नियोगको गाडी,शव बहान,प्रेसको गाडी,दूधको गाडी विवाहको गाडीलाई भने निर्वाध रुपमा चल्न दिइयो भने यातायात बिद्यालय,बजार र कलकारखाना सबै स्वफुर्त रुपले बन्द रहे । बन्द कार्यक्रम सफल गराउन हजारौ कार्यकर्ता नौ जिल्लामै खटेका थिए । सो बन्दको समयमा कुनै कतै अप्रिय घटना भने घटेन ।  युद्दका क्रममा लिम्बुवान नहारेपछि षड्यन्त्र पूर्वक १८३१ साउन २२ गते लिम्वुवानलाई एकात्मक राज्य सत्ताले गाभेकाले यस दिनलाई हरेक वर्ष कालो दिनको संज्ञा दिएर वन्दको आहावन गरिएको  परिषदका अधक्ष धनध्वज लिम्बुले राज्यसत्ता डट्कम्लाई जानकारी दिनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %