नेकपा एमालेका उपाध्यक्ष अशोक राईले छिट्टै नयाँ शक्तिशाली राजनीतिक शक्ति जन्मिने बताएका छन् । राजधानीमा आइतबार देखि सुरु आदिवासी जनजाति पत्रकार संघको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै मुख्य राजनीतिक दलहरुले सामाजिक न्याय र लोकतन्त्रको पक्षमा काम गर्न नसकेकोले वैकल्पिक शक्ति निर्माणको आवश्यकता परेको बताए । नयाँ बन्ने शक्तिले सामाजिक न्याय र लोकतन्त्रलाई सृढण बनाउँने समेत राईले बताए । प्रमुख राजनीतिक शक्तिहरुको एथास्थितिको कारण समयमा संविधान जारी हुन नसकेको र संविधानसभाबाटै संविधान बनाउँने बातावरण बनाउँन जनजातिहरु सशक्क्त रुपमा उभिनु पर्ने बेला भएको पनि उनले बताए । सोही सम्मेलनमा बोल्दै आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले जनजाति नेताहरु जातीय राज्य भन्दा पहिचान सहितको संघीयता चाहेको बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले संञ्चार माध्यमलाई समावेशी बनाउँन महासंघ क्रियाशील रहेको बताए । सम्मेलनमा १५० जना जनजाति पत्रकारहरुको सहभागिता रहेको छ । सम्मेलनमा आदिवासी जनजातिको मुद्धा, आदिवासी जनजातिको आन्दोलन र त्यसको समीक्षा हुने बताइँएको छ ।
