मुख्य सचिव नियुक्तिमा बरियता क्रम मिचिनुका साथै निष्पक्षता नभएको भन्दै मंगलवार लोक सेवा आयोगका सचिव श्याम मैनालीले पदबाट राजीनामा दिएका छन् । आज राजधानीमा पत्रकार सम्मेलन गरि उनले मुख्य सचिव नियुक्तिमा भएको यस्तो व्यवहारले निजामति सेवामा निष्पक्ष र इमान्दार कर्मचारीको मनोवल गिराउने काम गरेको जनाउँदै पदबाट राजीनामा दिएको घोषणा गरे । मैनाली सहित पदबाट राजीनामा दिने सचिवको संख्या चार पुगेको छ । सोमवार मात्रै सरकारका तीन जना सचिवले सामूहिक राजीनामा दिएका छन् l
मुख्य सचिव नियुक्तीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिने सचिव चार पुगे
Read Time:52 Second
