मंसिर ७ मा निर्वाचन गर्न सकिन्न : निर्वाचन अयोग

Read Time:1 Minute, 54 Second

सरकारले गत जेठ १४ गते राति मंसिर ७ मा निर्वाचन गर्ने घोषणा गरे लगतै निर्वाचनको तयारीमा जुटेको निर्वाचन आयोग भने अब तोकिएको मितिमा निर्वाचन गर्न संभव नभएको बताएको छ ।
कानुनी जटिलता हल गर्न आयोगले सरकारलाई दिएको समय सीमा गत साउन ७ मा सकिएपछि आयोगले निर्वाचन अब मंसिर ७ मै गर्न संभव नभएको बताएको हो । आयोगका आयुक्त आयोदीप्रसाद यादवले तोकिएको समय सीमा भित्र सरकारले कानुनी जटिलता समधान गर्न नसकेकाले पनि निर्वाचन मंसिर ७ मा संभव नभएको बताएका छन् । निर्वाचन आयोगले यस अगाडि पनि राजनीतिक सहमति विना मंसिर ७ मा निर्वाचन गर्न संभव नभएको बताउँदै आएको थियो । यता सरकारले भने निर्वाचनका लागि अध्यावश्यक कानुन संशोधन अध्यादेश मार्फत् गर्नका लागि दुई वटा अध्यादेश राष्ट्रपति समक्ष पेश गरेको छ । अध्यादेशका विषयमा नै  दलहरु बीच व्यापक विवाद कायम रहेका बेला उक्त अध्यादेश पारित हुने वा नहुने विषय अन्यौलतमा परेको छ । तर,सरकार पक्षका कतिपय नेताहरुले समेत मंसिर ७ मा निर्वाचन अहिलेको स्थितिमै गर्न संभव नभएको र त्यसको विकल्पमा सहमति गरि नयाँ मिति तय गर्नु पर्ने बताउन थालेकाले सरकारले गरेको मंसिर ७ को निर्वाचन घोषणा त्यसै तुहिने संभावना बढेर गएको छ ।
(राज्यसत्ता नेपाल व्युरो )

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %