गोविन्द घर्ति रुपन्देही साउन १०, राज्यसत्ताले वेवास्ता गरेका कारण जातीय तथा भाषिक चलचित्रहरु धरायसी वन्दै गएको बुटवलमा आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । मगर चलचित्र कर्मी संघ रुपन्देहीले आयोजना गरेको मगर चलचित्रको चुनौती, सम्भावना र बजार व्यवस्था विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । सो अवसरमा बोल्दै नेपाल मगर संघका पुर्व केन्द्रीय सदस्य केशव सूर्यवंशीले चलचित्र निर्माण गर्दा विषय वस्तु राम्रो छनौट गर्नु पर्ने र सो विषयमा व्यापक छलफल गरी चलचित्र निर्माण गर्नु पर्नेमा जोड दिए । उनले चलचित्र निर्माण गर्दा छनोट गरेको विषय वस्तुमा अध्ययन गर्नु पर्ने बताए । त्यस्तै अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष दल बहादुर विरकट्टाले मगर जातीको ईतिहासलाई राज्यले मेटाउन खोजेकोले यसलाई चलचित्र कर्मीहरुले चलचित्रको माध्यमबाट वाहिर ल्याउनु पर्ने बताए । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष होम बहादुर गलामी, मगर भाषा तथा साहित्य विकास केन्द्रका हरिदेवद थापा, नेपाल मगर महिला संघका जिल्ला अध्यक्ष सकुन्तला पुन, मगर युवा संघका कमल थापा, समाजसेवी खेमेन्द्र राना, प्रकाश राना, हिरा बहादुर भलामी लगायतले बोल्दै भाषा, संस्कार, संस्कृतिलाई भूल्न नहुनेमा जोड दिइएको थियो । अन्र्तक्रिया कार्यक्रममा मगर चलचित्र कर्मी संघका केन्द्रीय अध्यक्ष युवराज मास्की रानाले कार्यपत्र प्रस्तुत गरेका थिए । मगर चलचित्र कर्मी संघका रुपन्देहीका अध्यक्ष श्याम थापाको सभापतित्व, यम रानाको स्वागत र शंकर गाहाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
राज्यले बिभेद गरेकाले जातिय भाषिक चलचित्र धरासयि बन्दै
Read Time:2 Minute, 40 Second
