नेपाली कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बन्न नदिएर कांग्रेस ठूलो विजय हासिल गरेको बताएका छन् । नेपाल विद्यार्थी संघले कीर्तिपुरमा साउन ८ गते आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले भने, ‘एमाओवादीको सर्वसत्तावादी संविधान बन्न नदिएर कांग्रेसले ठूलो विजय हासिल गरेको छ ।’
एमाओवादीले भने अनुसारको संविधान बन्न नदिएर कांग्रेसले जीतेको पौडेलको टिप्पणी थियो । तनँहुबाट मगरै मगरको भोट पाएर पटक पटक सांसद मन्त्री र सभामुख समेत बनेका पौडेलले आदिवासी जनजातिलाई अधिकार सम्पन्न बनाउने पहिचान सहितको संघीयता कांग्रेसलाई कुनै हालतमा स्विकार्य नहुने बताए । आफूले भने जस्तो यथास्थितिवादी संविधान बन्ने अवस्था नआए कांग्रेसले अब पनि संविधान बन्न नदिने उनको स्पष्ट संकेत थियो ।
तिलिसरा राना गाहा, काठमाडौं
