नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ कास्कीको प्रेस विज्ञप्ति

Read Time:4 Minute, 23 Second

प्रेस विज्ञप्ति
 
मुलुक अहिले संकटग्रस्त छ, यसको जिम्मेवार राजनितीक दलका शीर्ष नेताहरु नै हुन् । नेताहरु मुलुकलाई उचित निकास दिनुका सट्टा आफ्नो भुमिका कहाँ रहने , सत्तामा कसरी पुग्ने भन्ने सोचमै लागेका छन् । जनताको बलिदानपूर्ण आन्दोलन २०६२।०६३ को आन्दोलनको भावना नयाँ नेपाल निमार्ण, मुलुकको राज्य पूनःसंरचना, संविधानसभाद्धारा संविधान निमार्णमा कुठारघात भएको छ । रातारात षडयन्त्रपूर्ण ढंगले संविधान सभाको विघटन गरिएको छ ।
नयाँ संविधानमा सबैको अधिकार सुनिश्चीत हुनुपर्दछ भन्ने हिजै देखि उत्पीडन, बहिष्करण र विभेदमा पारिएका आदिवासी जनजाति, मधेशी, दलित तथा अल्पसंख्यक जनसमुदायको माग नाजायज होइन यी माग र एजेन्डा सुनिश्चित हुनुपर्दछ भन्ने अगुवाहरुलाई राजनीतिक दलहरुले अनुशासनको नाममा कारवाही गर्ने र पार्टीहरुमा एक्ल्याउने काम भइरहेको छ । नेकपा एमालेमा रहेका आदिवासी जनजाती र विभेदमा परेका समुदायका केन्द्रिय नेताहरु नै यसको चपेटामा पर्नुभएको छ । पार्टीभित्र उत्पिडित, बहिष्कृत, र विभेदमा परेका अल्पसंख्यक वर्गको विषयमा अन्तरपार्टी संघर्ष गर्नुपर्ने मान्यता बोकेका नेताहरुलाई कारवाही गरिदै जानु दुखदायी हो । एमाले पार्टीभित्र उत्पिडीत समुदायको अधिकारको बारेमा, बहिष्कृत समुदायका बारेमा, पिछाडिएका समुदायको बारेमा, विभेदमा परेका समुदायको वारेमा पार्टीको आठौ माहाअधिवेशनले पारीत गरेको राजनीतिक प्रतिवेदन, संविधानसभाको निर्वाचन घोषणापत्रको आधारमा अन्तरपार्टीसंघर्ष गर्न एमालेका केन्द्रिय उपाध्यक्ष क.अशोक राईको अगुवाहीमा अग्रगामी विचार समुह गठन गरीएकोमा वहाँहरुलाई स्पष्टीकरण माग गर्दै पदमुक्त गरी कारवाही गरिएको छ । अत : पार्टीको यस अन्यायपुर्ण कारवाहीप्रति नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महाँसंघ कास्कीको घोर आपत्ती छ ।
यसै सन्दर्भमा नेपाल लोकतान्त्रिक आधिवासी जनजाति महाँसंघ कास्कीको आयोजनामा आम उत्पीडन, बहिष्करण र विभेदमा परेका जनसमुदायको सहभागीतामा हुने वर्तमान परिस्थीति पार्टी नीति र आदिवासी जनजातीहरुको भुमिका अग्रगामी विचार समूहका अगुवाई गरीरहनुभएका क.अशोक राई, क.पृथ्वी सुब्बा गुरुङ्ग, क.राम चन्द्र झा, क.किरण गुरुङ्ग, क.राजेन्द्र श्रेष्ठ, क.दल बहादुर राना,  क.विर बहादुर लामा, क.तुल बहादुर गुरुङ्ग, क.हितकाजी गुरुङ्ग, क.झक बहादुर थापा, क.कृष्ण बहादुर नेपाली, क.लाल बहादुर परियार सहितले सम्बोधन गर्नुहुनेछ ।
पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा साउन ९ गते पूर्वान्ह ११:०० बजे हुने अन्तक्रियात्मक प्रशिक्षण भेलामा आम उत्पीडित, बहिष्करण र विभेदमा परेका जनसमुदायको साथै सम्पूर्ण पार्टीका सदस्यहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु ।
 
चेत बहादुर गुरुङ्ग
सचिब
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, कास्की

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %