जनजाति नेताहरुलाई नै अगाडि सारेर जनजातिको हक र अधिकार कुठित गरे : लेखी

Read Time:3 Minute, 6 Second

गोविन्द घर्ति रुपन्देही साउन ६ । संविधान सभाबाट आदिवासी जनाजाति, दलित, मधेशीहरुको हक अधिकार स्थापित हुने डरले राजनैतिक दलका व्रामहण नेताले संविधान सभाको हत्या गरेको आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले बताए । आदिवासी जनजाति महासंघ रुपन्देहीले बुटवलमा आयोजना गरेको आदिवासी जनजाति बृहत अगुवा भेलामा बोल्दै अध्यक्ष लेखीले केही कठित आदिवासी जनजाति नेताहरुलाई अगाडि सारेर जनजातिको हक र अधिकार कुठित पार्ने काम गरेको आरोप लगाए । उनले एमालेका सुवाष नेवाङ्ग र फोरोम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छेदारलाई अगाडि सारेर अन्य आदिवासी जनजाति नेताहरुलाई पाखा लगाएको बताए । आदिवासी जनजातिहरुले पहिचान र पहुँचको लागि एकल जातीय संघीयताको माग गरेकोमा व्राहमण नेताहरुलाई नपचेको अध्यक्ष लेखीले बताए । सोही अवसरमा बोल्दै महासंघका पूर्व अध्यक्ष पासाङ्ग शेर्पाले  व्राहमण नेताहरुले व्राहमणवाद लाडेका कारण देश वर्वादी तिर गएको बताए । उहाले नेपाली जनताले आदिवासीहरुको पार्टीको महसुस गरेको बताए । व्राहमण नेताहरुले आदिवासी जनजाति, दलित, मधेशीहरुलाई हक र अधिकारबाट बन्चित गरेको हुदाँ आदिवासी जनजातिहरु एक जुट भएर राजनैतिक शक्ति गठन गर्नु पर्नेमा जोड दिए । व्राहमण नेताहरुले नेतृत्व गरेको पार्टीले देश परिवर्तन गर्न नसक्ने शेर्पाले ठोकुवा गरे । आदिवासी जनजाति, मधेशी, दलितहरुको विरोधमा लाग्ने एमाले, कांग्रेस, माओवादी पार्टीहरु कसरी अग्रगामी पार्टी हुन सक्छ भनेर उनले प्रश्न गरेका थिए । आदिवासी जनजाति, दलित र मधेशीको विरोधमा लाग्ने पार्टीमा वस्नुको कुनै औचित्य नहुने उनले बताए । नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष होम गलामीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सभासद सोनी लामा, दिनेश घले, कृष्ण वाईवा, नगेन्द्र कुमाल, प्रेम वराल लगायतले बोल्दै संविधानलाई थाती राखेर संसदको चुनाव गर्ने हल्ला चलिरहेकोमा कुनै पनि हालतमा त्यसो हुन नसक्ने बताएका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %