एमालेले विभागीय जिम्मेवारी खोसेपछि जनजाति नेताहरुको सार्वजनिक धारणा

Read Time:4 Minute, 58 Second

प्रेस विज्ञप्ति

नेकपा (एमाले) स्थायी कमिटीको २०६९ श्रावण ३ गते सम्पन्न बैठकका निर्णयहरूप्रति हाम्रो गम्भीर ध्यानार्कषण भएको छ। त्यस सन्दर्भमा हाम्रा विचारहरू निम्नानुसार प्रस्तुत गरेका छौं।

१) मुलुकमा छ दशक लामो सर्षको परिणामस्वरूप प्राप्त संविधानसभा संविधान नै नबनाई विघटन भएपश्चात देशको परिस्थिति तरल अवस्थामा रहेको छ। नेपालको अन्तरिम संविधान संशोधन नगरी सम्वैधानिक रूपले २०६९ मङ्सिर ७ गते घोषित निर्वाचन हुने परिस्थिति छैन। हामीले यस समस्यालाई ध्यानमा राखी संकटको निकासको लागि सहमति हुन वाँकी संविधानका अन्तरवस्तुहरूबारे सहमति बनाई विघटित संविधानसभाको पुर्नस्थापना गर्नु नै अहिलेको उपयुक्त विकल्प हो भन्ने मान्यता राख्दै आएका छौं। यस सन्दर्भमा पार्टी स्थायी कमिटीको बैठकले यसलाई अस्वीकार गर्नु संविधानसभाको माध्यमवाट संविधान पनि नबनाउने र संविधानसभाको नयाँ निर्वाचन पनि हुन नदिने पश्चगामी विचार हो। संविधानसभा पुनर्स्थापना गरी वर्तमान राजनीतिक संकटको निकास खोज्नुको सट्टा त्यसको विरोध गर्नु र नेकपा (एमाले) केन्द्रीय कमिटीले वर्तमान सङ्कटको निकासको सन्दर्भमा गरेको सवै विकल्प खुल्ला राख्ने निर्णय विपरीत स्थायी कमिटीको बैठकले उपरोक्त निर्णय गर्नुले संविधानसभा विघटन गराउनमा नेकपा (एमाले) नेतृत्वको भूमिका रहेको प्रमाणित भएको छ। यो निर्णय देशको राजनीतिलाई प्रतिगमनको दिशामा लैजाने षड्यन्त्रको उपज हो भन्ने हाम्रो ठहर छ। त्यसैले संविधानसभाकै माध्यमवाट संविधान वनाउने २०६२/२०६३ सालको शान्तिपूर्ण जनक्रान्तिको भाावना अनुरूप अगाडि वढ्न हामीे सवैलाई अनुरोध गर्दछौं।

२) पार्टीको अनुशासन आयोगको वैठकले हामीसँग पार्टी निर्णयको अवज्ञा गरेको आरोप सहित स्पष्टिकरण माग्ने निर्णय गरेकोमा पार्टी निर्णय अनुरूप जो जसलाई स्पष्टिकरण माग्ने निर्णय गरेको हो त्यसमध्ये धेरै कमरेडहरूको हातमा स्पष्टिकरण पत्र समेत नवुझाई र स्पष्टिकरण वुझी सकेका कमरेडहरूको हकमा पनि स्पष्टिकरण दिने अवसर समेत नदिई जिम्मेवारी खोस्नुवाट अव स्पष्टिकरण दिनुको कुनै औचित्यता नरहेको हाम्रो ठहर छ। मार्क्सवाद, लेनिनवाद र जनताको वहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने, प्रत्येक घट्ना र वस्तुहरूमा द्वन्द्व हुन्छ भन्ने कुरालाई आत्मसात गर्ने मात्र होइन राज्य, समाज र पार्टीभित्र पनि वहुलवादको समेत वकालत गर्ने नेकपा (एमाले) ले पार्टीभित्रको वैचारिक वहुलतालाई अस्वीकार गर्ने नीति पार्टीको घोषित नीति, सिद्धान्त र विचारको विपरीत रहेको छ। एकाइसौं शताव्दीमा जनवादी केन्द्रीयता, अन्तर पार्टी स‹र्ष र जनवादको प्रयोगलाई नयाँ उच्चाइमा प्रयोग गर्नुपर्ने आवश्यकता महसुस गरेको पार्टीले आठौं राष्ट्रिय महाधिवेशनद्वारा पारित नीति, सिद्धान्त र विचारको पक्षपोषण गर्ने कमरेडहरुमाथि स्पष्टिकरण माग्ने तथा गलत ढङ्गले प्रचारवाजी गर्ने र स्पष्टिकरण दिने अवसर समेत नदिई जिम्मेवारी खोस्ने कार्यको हामी घोर विरोध गर्दछौं।

पार्टी स्थायी कमिटीको यस निर्णयको कारणवाट उत्पन्न हुने सवै परिणामहरूको जिम्मेवारी स्थायी कमिटीमा नै जाने कुरा समेत हामी स्पष्ट गर्न चाहन्छौं।

अग्रगामी विचार समूहका तर्फवाट

अशोककुमार राई
उपाध्यक्ष, नेकपा (एमाले)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %