राई सुन्दरीको उपाधि युमालाई

Read Time:1 Minute, 6 Second


किरात मौलिक संस्कृति कला केन्द्रद्वारा आयोजित मिस राई २०१२ को उपाधि युमा राईले जितेकी छन् । फाईनलमा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै ४ साउनमा ओखलढुंगाकी युमाले मिस युमाको ताज पहिरिएकी हुन् ।
 
उपाधिसँगै युमाले ५० हजार रुपैंया नगद हात पारेकी छन् । युमाको पुख्र्यौली घर ओखलढुंगा भए पनि अहिले नखिपोट ललितपूरमा बस्दै आएकी छन् । १८ वषिर्य युमा अहिले पीसीएल नर्सिङ्ग गरिरहेकी छन् ।
 
मिस राईको फष्ट रनरअप भने धनकुटाकी सेली राई भइन् । सेकेन्ड रनरअप भोजपुरकी श्रृजा राई र थर्ड रनरअप चतरा सुनसरीकी बिडी योक्की राई भएका छन् । फष्ट, सेकेन्ड र थर्ड रनरअपलाई २०-२० रुपैंया हजार नगद प्रदान गरेको आयोजक ले जनाएको छ ।
 
एस लिम्बु, काठमाडौं

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %