जिल्ला भेलाले राष्ट्रिय जनमुक्ति पार्टी पाल्पा जिल्ला कार्य समिति गठन गरेको छ । खुमबहादुर िसंजालीको अध्यक्षतामा १७ सदस्यीय समिति गठन भएको हो । समितिको उपाध्यक्षमा नरबहादुर राना, सचिव उज्जर सिँह दर्लामी, कोषाध्यक्षमा नारायण कँवर, उपसचिवमा फत्तबहादुर सारु चयन भएका छन् ।
समितिको सदस्यहरुमा मदन राना, टेकुराम गाहा, टेकबहादुर चिदी, तुलबहादुर सारु, विष्णुमाया थापा, मोहनकुमारी थापा, थमन अस्लामी, मुना सारु, ताराबहादुर अस्लामी र शान्ति झेंडी रहेका छन् ।
राष्ट्रिय जनजागरण अभियान शुरु
यसैबीच राष्ट्रिय जनमुक्ति पार्टी पाल्पाले ‘राष्ट्रिय जनजागरण अभियान-२०६९’ को शुरुवात गरेको छ । जनमुक्ति महासचिव केशव सूर्यवंशीले सो भेलाको उद्घाटन गरेका हुन् । भेलालाई सम्बोधन गर्दै महासचिव सूर्यवंशीले मूलुकका शोषित पीडित जाति समुदाय लिङ्ग वर्ग क्षेत्रको मुक्तिको लागि राष्ट्रिय जनमुक्ति पार्टी निरन्तर आन्दोलित रहेको बताए ।
यसैक्रममा महासचिव सूर्यवंशीले मूलुकमा आमूल परिवर्तनको लागि बृहद जनआन्दोलनमा जानु पर्नेमा जोड दिए । उनले जेठ १४ सम्म सहमति भएका बुँदाहरुको रक्षा र जनताका थप अधिकार प्राप्त गर्नका लागि पार्टी यही साउनदेखि कार्तिक मसान्तसम्म चार महिने अभियान कार्यक्रम लिएर जनताका घरदैलो जाने निर्णय गरी सकेको जानकारी गराउंदै जेठ १४ गतेसम्म भएका जति पनि सम्झौता जनताको नासो हो त्यो नासो जनतालाई नै फर्काउनु पर्ने बताए ।
जिल्ला भेलामा पार्टीका स्थायी समिति सदस्य एवं प्रचार विभाग प्रमुख टोप अस्लामीले सम्पूर्ण नेपालीहरुको अधिकार समान रुपमा स्थापित भएको राज्य व्यवस्था निर्माण गर्न जनमुक्तिले अवलम्बन गरेको ‘जनमुक्ति विचारधारा’ले निक्र्योल गरेको बाटोमा एकताबद्ध हुन आव्हान गरे ।
त्यस्तै गरी संघीय परिषद केन्द्रीय समिति सदस्य एवं भूमिहिन तथा सुकुम्बासी अधिकार माचका अध्यक्ष हरिदेव थापा र अर्का सदस्य एवं विद्यार्थी संगठनका इाचार्ज धनकेशर सूर्यवंशीले मूलुकलाई सही बाटोमा लैजानका लागि राज्यसत्तामा सबै जातजातिलाई अधिकार सुनिश्चित गर्नुपर्ने बताए ।
कार्यक्रम जिल्ला सचिव उज्जर सिँह दर्लामीको साचालन र अध्यक्ष केहर िसंह रानाको सभापतित्वमा सम्पन्न भएको थियो ।
तिलिसरा राना, काठमाडौं
