एसएलसी उतीर्णलाई पुरस्कार वितरण

Read Time:3 Minute, 27 Second

म्याग्दी साउन ३, युकेबासी बेगखोलेहरुले यस वर्षको एसएलसी पास विद्यार्थीहरुलाई वार्षिक रुपमा प्रदान गर्ने आर्थिक सहयोग वितरण कार्यक्रमको अवसरमा म्याग्दी प्रवासी नेपाली समाज युकेका अध्यक्ष तथा बेगखोला कल्याणकारी समाज युकेका कोषाध्यक्ष योगकुमार फगामी (सपरिवार) र धनकुमार पुर्जा (सपरिवार) पुरस्कार वितरणको लागि युकेबाट उपस्थित भएका थिए भने पोखराबाट बेगखोला कल्याणकारी समाजका कोषाध्यक्ष यामकुमार पुर्जा पनि कार्यक्रमको लागि उपस्थित भएका थिए । कार्यक्रममा रेड्क्रस सोसाइटी म्याग्दीका जिल्ला अध्यक्ष लेखबहादुर हमाल र मन्त्री अमर बानियाँ पनि उपस्थित भएका थिए । सन् २००६ सालदेखि निरन्तर रुपमा एसएलसी उतीर्ण विद्यार्थीलाई जनही २ हजारको दरले रकम हस्तान्तरण तथा सम्मान गर्ने गरिन्छ ।
विहानैदेखि पानी पर्ला जस्तो गरिरहेको थियो । बेग गाउँलाई पुरै बादलले घेरेर राखेको थियो । यसर्थ पानी कुनै पनि क्षण पर्ने सम्भावना थियो । र, पनि कार्यक्रमको लागि सक्रिय बेगखोले युवाहरु तम्तयार गरिरहेका थिए । ११ बजे शुरु गर्ने भनेको कार्यक्रम संक्रान्तिको कारणले गर्दा अलि ढिलो शुरु भयो । पानी पर्ला जस्तो गरेको विहान बिस्तारै सुध्रिदै थियो । यसर्थ हामी खुशी पनि भएका थियौं । कार्यक्रम आफ्नो घोषित लक्ष्य अनुरुप बढदै गयो । कार्यक्रममा बोल्ने क्रमको शुरुवातमा दुत गर्बुजा (प्रअ) ले स्वागत भाषण गरि मेजन फगामी– बाट मन्तव्य शुरु भई यामकुमार पुर्जा, वीरबहादुर तिलिजा (बाटो निर्माण समिति अध्यक्ष), अमर बानियाँ, लेखबहादुर हमाल हुँदै मोनाका अध्यक्ष योगकुमार फगामी र सभापतिको आसनबाट गाविस सचिवले मन्तव्य व्यक्त गरि कार्यक्रम समापन भयो । कार्यक्रम धनकुमार फगामीले सञ्चालन गरेका थिए भने जसको बीच बीचमा विद्यार्थीको तर्फबाट नृत्य प्रस्तुत भएको थियो । अन्तमा नौमति बाजा समुह बेगका समुहबाट कार्यक्रम प्रस्तुत गरि सबैलाई नचाएका थिए । कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो । कार्यक्रममा बेगखोला–देउराली बाटो, स्वास्थ्य शाखाको लागि जग्गा, खानेपानी योजना र स्कुल सुधार बारेमा धेरै छलफल भएको थियो । २०६८ सालको एसएलसीमा महादेव माविबाट १८ जना विद्यार्थीले परिक्षा दिएकोमा १ जना प्रथम श्रेणी र बाँकी १० जना दृतिय श्रेणीमा उतीर्ण भएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %