राजमुपाको जनजागरण अभियान शुरु

Read Time:1 Minute, 19 Second

राष्ट्रिय जनमुक्ति पार्टीले संविधानसभाले प्राप्त गरेका उपलब्धिलाई रक्षा गर्न राष्ट्रिय जनजागरण अभियान २०६९ सुरु गरेको छ । अभियान साउन २ गतेदेखि शुरु भएको सो पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख टोप अस्लामीले राज्यसत्ता डटकमलाई जानकारी दिएका छन् ।

चारमहिने अभियानमा मुलुकको वर्तमान राजनीतिक अवस्था, यसको सही समाधान, पार्टीले अवलम्बन गर्ने दृष्टिकोणलगायतका विषयमा प्रशिक्षण, घरदैलो, अन्तक्रिर्या गरिने नेता अस्लामीले जानकारी दिए । अभियानमा पार्टीका शीर्ष नेता तथा भ्रातृ सङ्गठनका पदाधिकारी परिचालन भएका छन् ।

मुलुकको राजनीतिक परिस्थिति र त्यसको उचित निकासको विषयमा जनतालार्य सुसूचित गराउने पार्टीको समसामयिक तथा दीर्घकालीन दृष्टिकोणहरु राख्न अभियान सञ्चालन गरिएको सो राजमुपाले जनाएको छ ।  

तिलिसरा राना गाहा, काठमाडौं

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %