महिलाहरु अब कसैको दास होइनन

Read Time:4 Minute, 15 Second

अनिता राना मगर स्विन्दन युके, एकाइसौ  सताप्दीमा आइ पुग्दा पनि महिलाहरुलाई अझै बढी थिचोमिचोमा राखी नेपालका बाहुनबादी सशकहरुले अधिकार दिन खोजेनन, यती लामो समयसम्मा महिलाहरुलाई अकारमा अड्किएको तरुल जस्तो बनाई ढुंगामुनि राखेर पिल्साई राखिएकोछ | अझै महिलाहरुको उन्मुक्तिको दिन कहिले आहुने हो यसै भन्न सकिने अवस्था छैन ? संबिधानसभाबाट महिलाका महत्वपुर्ण अधिकार लिपिबद्ध हुदै गर्दा महिलाहरुमा एउटा झिनो आशा पलाएको थियो l धेरै लामो समयसम्म महिलाहरुले धैर्या गरी संघर्ष गर्दै विभिन्न चुनौतीका सामना गर्दै प्रतिफल स्वरूप महिलाहरुको मुद्धा प्राथमिकतामा परेका थिए l तर अन्तिम अवस्थामा आएर संबिधानसभा संबिधान नै घोषणा नगरी सुन्योचित तरिकाले मृत्यु तुल्य बनाइयो, यसकारणले हामी महिलाहरुलाई घायल बनाई छाडेका छन्, अब हामी महिलाहरुले हाम्रो अधिकार को लागि  देशमा वा बिदेशमा जहाँ भएता पनि एक्ताबद्द भएर हातेमालो गरि महिला आवाज जारी राख्नु पर्छ, तर महिलाहरुलाई यस्तो किसिमको झिनो आशा पनि देखाएका थिए जुन महिलाहरुको लागि ३३% त छुटट्इयो तर यो एउटा नाम मात्र पारेका थिए l ३३% भनेर सुनाए तर लागु गराएका छैनन् l बिस्व भरिका महिलाहरुले आफनो महिला आवाज र महिलाहरुको हकहीत खोज्नका लागि हामी एक जुट भएर महिला आवाज अगाडी बढाउनै पर्छ l जसरी महिलाहरुलाई ३३% भनेर सुनाए तेहि अनुसार पुरुषहरुले जुन हक र हीत पाएका छन् उतिकै महिलाहरुले पनि पाउनु पर्छ, हरेक क्षेत्रमा कामको पनि बाडफाड महिलाहरुले पाउनु पर्छ भन्ने हाम्रो माग छ l जब सम्म महिलाहरुको माग पुरा हुदैन तब सम्म हामी महिलाहरु एउटा छुटै किसिमको आवाज उठाउन पछि पर्ने छैनौ | हामी महिलाहरु स्वदेशमा मात्र होइन विदेशमा पनि छौ तर पनि जति जहाँ बसेता पनि समयको बावजुत संगै चुनौतीका साथ लड्दै अगाडी बढने प्रण गर्दछौ , सधै एक जुट भएर महिलाहरु आत्मानिर्भरताका साथ लड़ेउ भने अबस्य हाम्रो गन्तव्यमा पुग्नेछौ, चिन्तन मनन गर्नु पर्ने कुरा त के छ भने किन हामी महिलाहरु आफनो हकहीत र अधिकार बिहिन भएर बस्नु परेको छ त ?  भन्ने कुरा र आवाज हामी सबै महिलाहरुले एक्ताबद्द भएर ध्यान दिनु पर्छ l  जबसम्म हामी महिलाको आवाज र माग सुनिदैन, जबसम्म हाम्रो माग पुरा हुदैन l तबसम्म हामी महिलाहरु पहिचानको खोजिमा र मागमा पछि हट्ने छैनौ | जबसम्म महिलाहरुलाई एउटा दासको रुपमा राखेर पाइतलाको धुलोमा राख्ने काम हुन्छ तबसम्म महिलाहरुको आवाज जारी नै राख्छौ र महिलाहरु अब कसैको दास होइन कसैको थिचो मिचोमा बस्ने छैनौ | कसैको झोला बोकेर लाठीको सहारामा हिड्ने होइन कि अब हामी आत्मबलका साथ छातीमा हात राखेर एउटा हिम्मत लिएर अगाडी बढौ, यसैमा सबै महिलाहरुको हित हुनेछ l
(राना मगर, मगर संघ हंगकंग, कार्य समितिकी पूर्व सदस्य हुन्)
                                

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %