हुम तमु, पोखरा, ३० असार, पोखरा उपमहानगरपालिका १३ लामोडहर टोल विकास समितिको गुरुङ आमा समुहले लामोडहरचोकमा निर्माण गरेको प्रतिक्षालय आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।
२ लाख ३६ हजारको लागतमा निर्मित प्रतिक्षालयको कार्यक्रमका प्रमुख अतिथी समाजसेवी सुवेदार जसबहादुर तमुले शिलालेख अनावरण, समाजसेवी तेजबहादुर तमुले रिबन काटेर र आमा समुहका अध्यक्ष बुद्धिकुमारी तमुले दीप प्रज्वलन गर्दै प्रतिक्षालयको उद्घाटन गर्नुभएको हो ।
प्रतिक्षालय निर्माणका लागि चन्दादाताहरुबाट १ लाख २१ हजार संकलन भएको र आमा समुहको कोषबाट १ लाख १५ हजार खर्च भएको निर्माण समितिका अध्यक्ष गोकुल प्रसाद तमुले जानकारी दिनुभयो । प्रतिक्षालय निर्माणका लागि लामोडहर टोल विकास संस्थाको अध्यक्ष समेत रहनु भएकाल प्रमुख अतिथी तमुले सबैभन्दा बढी २२ हजार २२२ रुपैया प्रदा गर्नुभएको छ ।
प्रतिक्षालय निर्माणका लागि ५ हजार रुपैया भन्दा बढी रकम दिएर सहयोग गर्नुभएका १६ जना चन्दादातालाई कार्यक्रमका प्रमुख अतिथि सुवेदार जसबहादुर तमु, आमा समुहका अध्यक्ष बुद्धिकुमारी तमु, विशेष अतिथी तेजबहादुर तमु लगायतले सम्मानपत्र र खादाद्धारा सम्मान गर्नुभएको थियो ।
आमा समुहका अध्यक्ष बुद्धिकुमारी तमुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी जसबहादुर तमु, तेजबहादुर तमु, श्रवणसिंह तमु, गौतम तमु, टंकप्रसाद तमु, रामसुवा तमु, देवी तमु, लोकबहादुर कार्की, केयरसिंह तमु, देवमाया तमु लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
लामोडहरमा निर्मित प्रतिक्षालयको उद्घाटन
Read Time:2 Minute, 16 Second
