नयाँ माओवादीसम्बद्ध दलित मोर्चाको सम्मेलन हुँदै

Read Time:1 Minute, 25 Second

नवगठित नेकपा-माओवादीसम्बद्ध नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन कात्तिकमा हुने भएको छ । सम्मेलन काठमाडौंमा कात्तिक १८, १९ र २० गते हुने मोर्चाका अध्यक्ष तिलक परियारले जानकारी दिए ।

राष्ट्रिय सम्मेलन आयोजक समितिले केन्द्रीय समितिको रूपमा काम गर्ने गरी परियारको संयोजकत्वमा १४१ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको छ । समितिका सदस्यमा तेजबहादुर मिजार, बाबुराम गजमेर, डम्बरबहादुर विश्वकर्मा, परशुराम रम्तेल, सन्तोषी विश्वकर्मा, विष्णुबहादुर विश्वकर्मा, रामलाल विश्वकर्मा, नन्दसिंह सार्कीलगायत छन् ।

पार्टी अध्यक्ष मोहन वैद्य र जनवर्गीय सङ्गठनका ब्युरो इन्चार्ज नारायण शर्माको उपस्थितिमा सम्पन्न मोर्चाको बैठकले साङ्गठनिक काम व्यवस्थित गर्नका लागि ४७ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको गरिएको छ ।

तिलिसरा राना गाहा, काठमाडौं

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %