एमालेबाट पहिचान सहितको संघीयताको आश नगर्नुः माधव नेपाल

Read Time:1 Minute, 8 Second

नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले जातीय पहिचानको आधारमा कुनै हालतमा राज्यपुनर्सचना गर्न नहुने बताएका छन् । एमालेको नारायणी अञ्चलस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न चितवनको भरतपुर पुगेका उनले ३० असारमा एमाले पहिचान सहितको संघीयतामा जान्छ भन्ने नसोच्न समेत आग्रह गरे । उनको भनाई आफ्नै पार्टीका असन्तुष्ट उपाध्यक्ष अशोक राई र रामचन्द्र झालगायतप्रति लक्षित थियो ।

विचार समूह खोलेर पार्टी फुटाउने उद्देश्य कसैको छ भने त्यो पुरा नहुने पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालको भनाई थियो । जनजातिलाई अधिकार नदिने गरी प्रदेश निर्माण गर्न सहमत भईसकेर पनि माओवादीपछि हटेकाले आफूहरुले संविधान बन्न नदिएको उनको भनाई थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %