सरकारले धनबहादुर तामाङ सहित चार सहसचिवलाई सचिवमा बढुवा गरेको छ । असार २८ गते बसेको मन्त्रीपरिषदको बैठकले तामाङ, दुर्गानिधि शर्मा, ज्ञानदर्शन उदास र सूर्य सिलवाललाई सचिवमा बढुवा गरिएको सरकारका सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए ।
बढुवा समितिले सिफारिस गरेका १२ सहसचिव मध्ये तामाङ, उदास, शर्मा र सिलवाल सचिवमा बढुवा भएका हुन । आदिवासी जनजाति समुदायबाट सचिवमा पुग्नेहरु विरलै भेटिन्छन् । उनीहरु चारै जना खुल्ला प्रतिस्पर्धाबाट सचिव भएका हुन ।
तिलिसरा राना गाहा, काठमाडौं
