आत्मनिर्णयको अधिकार र जातीय पहिचानसहितको अरुण-सप्तकोशी पूर्व लिम्बुवान स्वायत्त राज्य स्थापनाको लागि भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति बेलायत-यूकेको ऐतिहासिक प्रथम सम्मेलन जुलाई ८ तारिखमा फुर्लीहल आशफोर्डमा सम्पन्न भएको छ । संघीय मञ्च तथा मञ्चसम्बद्ध संघीय लिम्बुवानका राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ को प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनले लिम्बुवान परिषद, महिला परिषद, तेम्याहाङ परिषद र कलाकार परिषद, यूके प्रवास कार्य समिति गठन गरेको छ ।
मञ्च, यूके शाखा कार्य समितिका अध्यक्ष देवी तुम्बाहाङ्फको अध्यक्षता र महासचिव मेदिनी फोम्बोको उद्घोषणमा सम्पन्न उक्त प्रथम ऐतिहासिक सम्मेलनको उद्घाटन-सत्रमा संघीय मञ्च, यूके शाखाका उपाध्यक्ष चुडामणि तुम्बाहाङ्फे स्वागत मन्तव्य राखेका थिए । किरात याक्थुङ् चुम्लुङ, यूकेका अध्यक्ष डम्बर सिङ्गक, जनजाति महासंघ, यूकेका अध्यक्ष श्रीप्रसाद लिम्बू, किरात र्राई यायोख्खा, यूकेका अध्यक्ष चक्रकुमार र्राई, वि-गेसो यूकेका उपाध्यक्ष सन्तोष थलङ र लिम्बुवान स्वायत्त एकता समाज, यूकेका उपाध्यक्ष गोपाल गिरीले उक्त सम्मेलनको सफलता एवम् नेपालमा पहिचानसहितको संघीयता र लिम्बुवान लगायतका स्वायत्त राज्यहृरूको सुनिश्चिताको लागि शुभकामना मन्तव्य राखेका थिए ।
सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि कुमार लिङ्देन ‘मिराक’ले भन्नुभयो- ”बेलायततमा आउने जतिपनि टुरिष्टहरू प्रायः यहाँका पुराना-पुराना बस्तुहरू हेर्ने रुचाउँछन् । आधुनिक मान्छेलाई पनि किन पुराना वस्तुहरूले यति धेरै आकषिर्त गर्छ – किनकि, अन्ततः मान्छेहरूलाई इतिहासहरूले नै आकषिर्त गर्दोरहेछ । त्यसैले, लिम्बुवानको ऐतिहासिक पृष्ठभूमिले देश-विदेशमा रहने लिम्बुवानवासीहरूलाई आन्दोलित गराइरहेको छ । लिम्बुवान आन्दोलन सशक्त भयो भने खम्बुवान र तमुवानलगायतको आन्दोलनलाई पनि स्वतः सहयोग पुग्छ । त्यसैले, लिम्बुवानको लागि सङ्गठित भइरहँदा हामीले सम्पूर्ण नेपाललाई सहयोग गरिहेका हुन्छौं । यूकेलाई लिम्बुवानी विश्वव्यापी नेर्टवर्कको विस्तार गर्ने केन्द्र बनाउने सोच रहेको छ ।”
सम्मेलनमा नेपालबाट यूके जानुभएका लिम्बुवानका केन्द्रीय सदस्य तथा उपत्यका समितिका अध्यक्ष क्याप्टेन शिवकुमार पाङ्गेनहाङ लिम्बूले पनि सम्मेलनको सफलताको शुभकामनासहित लिम्बुवान र काठमाडौं उपत्यकामा भइरहेको संघीयवादी लिम्बुवान आन्दोलनबारे जानकारी गराएका थिए ।
सम्मेलनको बन्दसत्रमा गणेश इजम र लक्ष्मी माखिमको निर्वाचन मण्डलले लोकेन्द्र तबेबुङ्को अध्यक्षतामा २९ सदस्यीय संघीय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद, यूके प्रवास कार्य समितिको चयन गरेको छ । उक्त नवनिर्वाचित समितिमा अध्यक्षमा लोकेन्द्र तबेबुङ, उपाध्यक्ष नवराज काम्बाङ, उपाध्यक्ष चन्द्रकुमार लिङ्थेप, सविच मान तबेबुङ, सहसचिव बल नाल्बो, अर्थ-सचिव दिलकुमार तुम्बाहाङ्फे, सहर्(अर्थसचिव राजेन्द्र नेम्बाङ र सदस्यहरूमा रामराज कुरुम्बाङ, अर्जुन तुम्बाहाङ्फे, किशोर र्राई, पदमबहादुर माबो (संयोजकः वेइजिङ स्टोक), तिलवीक्रम सम्बाहाङ्फे (सह-संयोजकः वेइजिङ स्टोक), पूर्ण कुरुम्बाङ (संयोजकः अक्सफोर्ड) नेत्रकला एभेङ (संयोजकः वेल्स), चन्त वनेम (संयोजकः नोनिङ्टन), रुकमान कुरुम्बाङ (संयोजकः डनकाष्टर), राजेन्द्र खिम्दिङ, धनबहादुर लिम्बू, धर्मराज गुरुङ, विजय लिङ्थेप, खेमबहादुर तुम्बाहाङ्फे, रामबहादुर देउसाली, प्रेम सुहाङ, चन्द्र सुन्दास, रामकुमार खजुम, रामप्रसाद लिङ्देन (संयोजकः रिडिङ), कृष्णप्रसाद लिङ्देन र मङ्गलसिंङ लिङ्देन (संयोजकः फोल्कस्टोन) रहेका छन् ।
यसैगरी, उक्त सम्मेलनले नेत्रकला एभेङ्को अध्यक्षतामा ९ सदस्यीय संघीय लिम्बुवान महिला परिषद, यूके प्रवास कार्य समितिसमेत गठन गरेको छ । महिला परिषदमा उपाध्यक्ष चन्द्रकला थेबे, सचिव लीला सेलिङ, अर्थ-सचिव हस्तकला लिम्बू र सदस्यहरू मा चन्द्रमाया चोङ्बाङ, सुधा लिम्बू, निर्मला लिम्बू र्राई, दिलकुमारी मास्वा र पृथ्वी लिम्बू रहेका छन् ।
सम्मेलनबाट रुकमान कुरुम्बाङ्को संयोजकत्वमा तिलविक्रम लावती सदस्य रहनुभएको संघीय लिम्बुवान तुम्याहाङ् परिषद, यूके प्रवास कार्य समिति पनि चयन भएको छ । साथै, मान तबेबुङको संयोजकत्वमा कमला कन्दङ्वा र बलराज सुब्बा सदस्य रहनुभएको संघीय लिम्बुवान कलाकार परिषद, यूके प्रवास कार्य समिति समेत गठन गरिएको छ ।
नवराज काम्बाङ, यूके/डीबी आङ्बुङ, काठमाडौं
