जनमुक्तिको प्रशिक्षण

Read Time:1 Minute, 13 Second

राष्ट्रिय जनमुक्ति पार्टीले संघीय परिषद सदस्यहरुलाई प्रशिक्षण दिएको छ । पार्टी मुख्यालय सानेपामा २७ असारमा राजधानीमा उपलब्ध सदस्यहरुलाई प्रशिक्षण दिइएको हो ।

पार्टी महासचिव केशव सूर्यवंशी उपमहासचिव चन्द्र श्रीस संगठन सचिव सिद्धि तुम्बाहाम्फे र स्थायी समिति सदस्य तथा प्रचार प्रसार विभाग प्रमुख टोप अस्लामीले प्रशिक्षण दिएका थिए । साउनदेखि कार्तिकसम्म देशव्यापी रुपमा सन्चालन गरिने चार महिने प्रशिक्षण अभियान सफल पार्न काठमाडौंबाट प्रशिक्षण प्रारम्भ गरिएको सो पार्टीले जनाएको छ ।

यसैवीच झापामा प्रशिक्षण विभाग प्रमुख तथा स्थायी समिति सदस्य रत्न राना र संघीय परिषद सदस्य बलदीप राईले प्रशिक्षण दिएका थिए ।

तिलिसरा राना गाहा, काठमाडौं

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %